2026-07-24 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका ६८ जना मुक्त हलियालाई ‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ वितरण

भदौ २१, डडेल्धुरा । नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको आज ९ वर्ष पूरा भएको छ । 

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो ।

त्यसपश्चात वास्तविक हलियाहरुको पहिचान गर्न पुन संख्या अध्ययन गरिएकोमा १६ हजार नौ सय ५३ हलिया परिवार रहेको राष्ट्रिय मुक्ति हलिया समाज महासंघको केन्द्रिय कार्यालय डडेल्धुराले जनाएको छ । अझैँ १२ जिल्लाका ७ हजार दुई ५९ मुक्त हलियाहरुले परिचय पत्र पाउन सकेका छैन् ।

हलिया मुक्ति घोषणाको ९ वर्ष पूरा भएको अवसरमा डडेल्धुरामा नवौँ मुक्त हलिया दिवस मनाइएको छ ।

‘मुक्त हलिया न्यायीक पुनःस्थापना हाम्रो अधिकार, न्याय र मानव अधिकार हाम्रो सरोकार’ भन्ने नाराका साथ¥याली र अन्तरक्रियाको आयोजना गरि दिवस मनाइएको हो ।

मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समिति, डडेल्धुराको आयोजना तथा जिल्ला हलिया मुक्ति समाज र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त संयोजनामा दिवस मनाइएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुन्दर जैरुले जानकारी दिएका छन् ।

दिवसका अवसरमा डडेल्धुराका ६८ जना मुक्त हलिया परिवारलाई ‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ वितरण गरिएको छ । मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तरगत उनीहरलाई उक्त पुर्जा वितरण गरिएको हो । ‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ पाए पछि मुक्त हलियाले खुशी व्यक्त गरेका छन् ।

‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ पाएका डडेल्धुराको अजयमेरु गाउँपालिका २ का परुवा चुनाराले पहिला हामी सुकुम्बासी थियौँ र पुर्जा पाइसकेपछि हुकुम्बासी भएको बताएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक