१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, कारमा आगजनी

२२ भाद्र २०७४, बिहीबार ०१:५४

भदौ २२, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । 

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, सोही दुर्घटनामा परी घाइते भएकी स्कुटरमा सवार सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा भलुही मेडिकल कलेज, रुपन्देहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ । 

कारमा अज्ञात समूहद्वारा आगजनी 

यसैबीच, नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । 

आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह