2026-08-27 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भदौ २२, मोरङ । मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२३६ नम्बरको निजी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको हो । 

गएराति मध्यरातमा भएको दुर्घटनामा गम्भीर घाइते लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–३ कै २१ वर्षीय रञ्जीत घले गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ । 

दुर्घटनामा भ्यानमा सवार महोत्तरी जलेश्वर नगरपालिका–२ का ५९ वर्षीय सुरेन्द्र प्रसाद पनि गम्भीर घाइते भएकाले उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

भ्यान र त्यसका चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक