१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा विद्यालय गएका शिक्षक घर फर्केनन्, १२ बर्षीय बालिका पनि वेपत्ता

२२ भाद्र २०७४, बिहीबार ०४:१२

भदौ २२, नवलपरासी । नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । 

नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् । 

गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

रामप्रसादकी श्रीमती संगिताले भनिन्, ¬विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन । फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसकेको उनले बताइन् । 

पैसट्ठी वर्षीय बुबा र २५ वर्षीया श्रीमतीले प्रहरीमा निवेदन पेश गर्दै भने, आउनुहुन्छ होला भन्दै बाटो हेरेको हेरै भइयो, तर आउनुभएन, त्यसैले प्रहरीमा निवेदन दर्ता गर्न आएका हौँ । 

रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए । 

बालिका बेपत्ता 

यसैबीच, नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन् । 

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेलिरहेको अवस्थामा तीनजना साथी घर फर्के तर अस्मिता दाईको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको आमा आशाले जानकारी दिनुभयो । 

गहुँगोरो वर्णकी आकासे रङको सर्ट र निलो स्कर्ट लगाएकी अस्मितालाई भेट्नु हुने वा देख्नुहुने जो कोहीले तुरुन्त परिवारलाई अथवा नजिकैको प्रहरीमा खबर गरिदिनका लागि हराएकी बालिकाकी आमा आशाले आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह