१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु

२२ भाद्र २०७४, बिहीबार ०७:१९

भदौ २२, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

बिहीबार बिहान  ना ५ ख ३७२२ नम्बरको ट्रकले लु ११ प ९२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक  देवचुली नगरपालिका–१५ का २२ वर्षे महेन्द्र बिकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बिकको देवचुली अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

यसैगरी बुधबार साँझ पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । 

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह