२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

२०८२, २० असार शुक्रबार ०८:०४

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ । काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन । मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिक्नुभएको ।

आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनुभयो । गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उहाँले एक–दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिक्नुभयो ।

“हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाइँदैनथ्यो उहाँले भन्नुभयो, “गतिलो कमाई नहँुदा त्यो कार्य छाडने निधो गरेँ, मोबाइलमा काष्ठकलासम्बन्धीका युट्युबमा भिडियो हेर्ने र नयाँ कुरा सिक्ने उत्सुकता थियो, युट्युब हेर्दै काष्ठकलासम्बन्धीका कार्य गर्न थालेँ ।” कमाई हुने हाउस डेकोरेसनको कार्य छाडेर मोबाइल हेरेर के पो गर्न थाल्यो भनेर घरकाले नै नानाथरि कुरा सुनाउन थाले । बुबाले नै बहुलाउन थालिस कि क्या हो, बर्बाद हुने भयो भनेको कुरा उहाँ स्मरण गर्नुहुन्छ ।

आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरू उहाँ सिक्न थाल्नुभयो । युट्युबमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको उहाँ सुन्नु र हेर्नुहुन्थ्यो, त्यही हेरेर उहाँले सामग्री निर्माण गर्न सिक्नुभएको थियो तर व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने उहाँसँग थिएन । आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो । व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुग्नुभयो । महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पुँजी नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाउनुभयो ।

“युट्युब हेरेर बनाएका काठका सामग्री झोलामै बोकेको थिए”, उहाँले भन्नुभयो, बनाएका सामग्री सहकारीका पदाधिकारीलाई सामग्री देखाँदा सहकारीका पदाधिकारी निकै प्रभावित भए ।” युवा स्वरोजगार कोषको रु दुई लाख ५० हजार पाँच प्रतिशत ब्याज तिर्नेगरी कर्जा उहाँले प्राप्त गर्नुभयो । “प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउन औजार (आवश्यक टुल) र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरेँ र बाँकी रकमबाट सामुदायिक वनबाट काठ खरिद गरेँ, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ” उहाँले भन्नुभयो ।

महराले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्नुहुन्छ । खर्च कटाएर महिनामा उहाँले रु ३० देखि रु ४५ हजारको हाराहारीमा आम्दानी गर्नुहुन्छ । काष्ठकालाकै कार्यबाट दुईजना दम्पती, दुई छोराछोरी र आमाबुबा गरी छ जनाको परिवारको खर्च चल्दै आएको छ । कर्जा लिएको रकममध्येको रु ६० हजार किस्ताको रकम उहाँले तिरिसक्नुभएको छ । प्रत्येक महिनाको किस्ता समयमै बुझाउने भएकाले सहकारीको उहाँप्रति विश्वास रहेको छ । सहकारीमै महराले रु ३० हजार जतिको रकम बचत गर्नुभएको छ । उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री कम्तीमा रु पाँच सय र बढीमा रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् ।

पहिले उहाँले उत्पादन गर्नुभएका सामग्री काठमाडौँ, बुटवल, नेपालगञ्जसम्म पुर्याएर बेच्ने गर्नुहुन्थ्यो । व्यापारीहरूले सामान लग्ने तर भुक्तानी समयै नदिने हँुदा अहिले महेन्द्रनगर, धनगढी, झलारीलगायत बजारमा उहाँले बेच्दै आउनुभएको छ । ग्राहकका मागअनुसार सामग्री बनाउने भएकाले माग निकै बढी हुँदा काम गर्न भ्याइनभ्याई भएको उहाँ सुनाउनुहुन्छ । एक सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छभने ७० प्रतिशतसम्म नाफा हुन्छ ।

कार्य सिक्दै गर्दा कुरा सुनाउने उहाँका घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्छन् । महराका श्रीमती स्थानीय निजी विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत रहनुभएको छ । विद्यालय समयअघि र पछि उहाँ पनि काष्ठका सामग्रीमा रङरोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिनुहुन्छ ।

काष्ठकलाका कामले नै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादित सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उहाँ सुनाउनुहुन्छ । घरमै पुगेर व्यापारीहरूले सामग्रीको माग गर्छन् सोहीअनुसार उहाँले सामान तयार गरी दिनुहुन्छ । व्यापारीले हाताहाती रकम दिने भएकाले बेच्ने झन्झट छैन । भविष्यमा यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने उहाँको सोच छ । त्यसका लागि अहिलेदेखि नै रकम बचत गर्न थालेको उहाँ बताउनुहुन्छ । “सँगैका साथी युरोप र कोरियातर्फ गए, स्वदेशमा बसेर गतिलो कमाई नै नहुने भएकाले जानका लागि निकै कर गरेका थिए”, उहाँले भन्नुभयो, “स्वदेशमै कार्य गरी सफल हुने मनै भित्रदेखिको इच्छा थियो, त्यसलाई पूरा गर्न लाागि परेँ, गतिलो कामाई छ, सबैले चिन्छन्, समाजमा बेग्लै पहिचान बनेको छ, विदेशमा गएका साथीहरूले पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदारका रूपमा राख्न कर गर्न थालेका छन् ।”

स्वदेशमा नै लगनशील भएर काम गरे सफलता प्राप्त हुने भएकाले युवाहरूलाई विदेशको मुख ताक्नुभन्दा स्वदेशमै सीप सिकेर व्यवसाय सञ्चालन गर्न उहाँ सुझाव दिनुहुन्छ । विद्यालय शिक्षामा व्यावसायिक हस्तकालाका सीपमा आधारित कार्यहरूलाई समावेश गरिनुपर्ने उहाँको भनाइ छ । सहकारीका कार्यकारी प्रमुख गणेशदत्त भट्ट र भक्तबहादुर पौरखी व्यवसायी भएकाले उहाँको कार्यप्रतिको लगाव देख्दा निकै प्रभावित भएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ