2026-11-13 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुवाको खालबाट २३ जना पक्राउ, साढे ८ लाख बढी बरामद

2026-11-13

काठमाडौँ | प्रहरीले भक्तपुर, रुकुम पश्चिम र सुनसरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट बिहीबार राति जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय सुनिल घिमिरेसमेत रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट दुई लाख ३६ हजार १०० रुपैयाँ नगद र छ बुक तास बरामद गरेको छ ।

त्यसैगरी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ स्थित बसपार्कबाट तीन जना पक्राउ परेका छन् । बिहीबार राति जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–१ का ३५ वर्षीय दीपक नेपालीसमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले उनीहरूको साथबाट ५६ हजार ९९० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ । यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१६ जोरसखुवाका ३३ वर्षीय सोम तामाङसमेत रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरूको साथबाट पाँच लाख ९२ हजार ५०० रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ । तीनवटै स्थानबाट पक्राउ परेका व्यक्तिहरूको साथबाट कुल आठ लाख ८५ हजार ५९० रुपैयाँ नगद र १९ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो छठको भोलिपल्ट पनि सार्वजनिक बिदा आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना एनपीएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन सर्वोच्च अदालतमा ४ नयाँ न्यायाधीश नियुक्त, राष्ट्रपति पौडेलद्वारा नियुक्ति जुवाको खालबाट २३ जना पक्राउ, साढे ८ लाख बढी बरामद कांग्रेसमा गुटबन्दी बढाउन खोज्दै सरकार, महामन्त्री पौडेलको आरोप एनपीएल : सुदूरपश्चिमविरुद्ध काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने ईभी दुर्घटनामा १३ गाउँवासीको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, आज अन्तिम दाहासंस्कार गरिँदै तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो