2026-11-13 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन

2026-11-13

काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १४ जनाको ज्यान जाने गरी भएको भीमफेदी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । शुक्रबार प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो । ‘मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यही कात्तिक २६ गते बिहीबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गहिरो दुःख व्यक्त गर्दछ,’ कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ । ‘दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ,’ प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो छठको भोलिपल्ट पनि सार्वजनिक बिदा आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना एनपीएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन सर्वोच्च अदालतमा ४ नयाँ न्यायाधीश नियुक्त, राष्ट्रपति पौडेलद्वारा नियुक्ति जुवाको खालबाट २३ जना पक्राउ, साढे ८ लाख बढी बरामद कांग्रेसमा गुटबन्दी बढाउन खोज्दै सरकार, महामन्त्री पौडेलको आरोप एनपीएल : सुदूरपश्चिमविरुद्ध काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने ईभी दुर्घटनामा १३ गाउँवासीको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, आज अन्तिम दाहासंस्कार गरिँदै तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो