भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ ।&"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवन र मकवानपुरमा यी आठवटा ठाउँमा डिप ट्युबवेल निर्माण सुरु

२२ भाद्र २०७४, बिहीबार ११:३६

भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ । 

चितवन र मकवानपुरमा सेवा पु¥याउँदै आएको कार्यालयले यहाँका विभिन्न आठ स्थानमा डिप ट्युबवेल निर्माणको काम थालेको भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी अमलेस यादवले जानकारी दिनुभयो । चितवनमा ६ र मकवानपुरमा दुईवटा स्थानमा डिप ट्युबवेल निर्माण थालिएको हो । 

चितवनको कालिका नगरपालिका–८ सिमलबस्ती, भरतपुर महानगर–६ शान्तिपुर र १४ शिवनगर तथा पश्चिम चितवनको देवनगर, राप्ती नगरपालिका–५ रामपुर टाँडी तथा खैरहनी नगरपालिका–४ भुत्याहामा डिप ट्युबवेल निर्माण थालिएको हो । 

यस्तै मकवानपुरको हेटौँडा–१६ र १८ मा ट्युबवेल निर्माण निर्माण थालिएको छ । तीन चरणमा निर्माण सक्नेगरी शुरु भएको उक्त ट्युबवेल निर्माणको पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको छ । यस वर्ष दोस्रो चरणको काम सञ्चालन हुने कार्यालयले जनाएको छ । 

उक्त योजना सम्पन्न गर्दा प्रतिडिप ट्युबवेलको रु ८० लाख लागत लाग्ने सूचना अधिकारी यादव बताउनुहुन्छ । पहिलो चरणको काम सकिँदा सबै गरेर रु एक करोड ६० लाख खर्च भएको छ । एक सय मिटर तल जमिनमुनिबाट पानी निकालिएको छ । चितवनमा ६ वटा डिप ट्युबवेलले १८५ हेक्टर क्षेत्रफल सिञ्चित हुने र मकवानपुरको दुईवटा ट्युबवेलबाट ४० हेक्टर क्षेत्र सिँचाइ गर्न सकिने बताइएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह