३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

२१ असार २०८२, शनिबार १४:०४

काठमाडौँ । नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले एक महत्वपूर्ण स्वास्थ्य साझेदारी सम्झौता गरेका छन्। नर्वे सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।

उक्त सम्झौता यसै साता युक्रेनको राजधानी किभमा सम्पन्न भएको हो। नर्वेका स्वास्थ्य मन्त्री जान क्रिस्टियन वेस्ट्रे र युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियाश्कोले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। मन्त्री वेस्ट्रे हाल युक्रेनको औपचारिक भ्रमणमा हुनुहुन्छ।

स्वास्थ्य साझेदारीमार्फत दुवै देशका स्वास्थ्य सम्बन्धी निकाय, शैक्षिक संस्था तथा चिकित्सकहरूबीच अनुभव आदानप्रदान, तालिम र समन्वयका विविध कार्यक्रमहरू संचालन गरिनेछ।

मन्त्री वेस्ट्रेले सहकार्यबाट दुवै मुलुक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “युक्रेनबाट हामीले युद्धको अवस्थामा स्वास्थ्य सेवा व्यवस्थापन, नागरिक–सैनिक सहकार्य र प्रविधिको उपयोगजस्ता महत्वपूर्ण पक्षहरूमा सिक्न सक्छौं। त्यसैगरी, नर्वेबाट हामी मानसिक स्वास्थ्य, पुनःस्थापना तथा एन्टिमाइक्रोबियल प्रतिरोधजस्ता क्षेत्रमा युक्रेनलाई सघाउन सक्छौं।”

नर्वेले युक्रेनलाई प्रदान गर्दै आएको सहयोग नान्सेन कार्यक्रम अन्तर्गत पर्दछ, जसले नागरिक तथा सैनिक दुबै प्रकारका सहायता समेट्ने गर्दछ। मन्त्री वेस्ट्रेले आफ्नो भ्रमणका क्रममा नर्वेको योगदान युक्रेनी स्वास्थ्य सेवामा कसरी उपयोग भइरहेको छ भन्ने विषयमा प्रत्यक्ष अनुभव प्राप्त गर्नुभएको जानकारी दिनुभयो।

उक्त सहयोग विश्व स्वास्थ्य संगठन , विश्व बैंक तथा काउन्सिल अफ युरोप डेभलपमेन्ट बैंकजस्ता प्रमुख अन्तर्राष्ट्रिय निकायहरूमार्फत प्रदान गरिएको हो। साथै, नर्वेले युक्रेनी बिरामीहरूको उद्धार तथा उपचारका लागि आफ्ना अस्पतालहरूमा सेवा उपलब्ध गराउँदै आएको पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली