2026-11-01 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति

काठमाडौँ | लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो ।

पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्माणकाबारेमा जानकारी दिँदै निर्धारित समयभन्दा एक वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको बुटवलस्थित प्रादेशिक सरकारी अस्पतालको भवन निर्माण कार्य २६ प्रतिशतभन्दा बढी प्रगति भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिबद्धताअनुसार गुणस्तरमा सम्झौता नगरिकन समयमै भवन निर्माण गर्न निर्देशन दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले भवनको बेसमेन्ट तयारी र क्यान्सर भवनको ढलान कार्य सम्पन्न भइसकेको, अस्पतालको मुख्य भवनको दायाँबायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

यसैगरी, प्राधिकरणका साइट इञ्चार्ज शङ्कर सुवेदीले दोस्रो बेसमेन्ट र बायाँतर्फको पहिलो बेसमेन्टको ढलान सकिएको तथा क्यान्सर उपचार भवनको ¥याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको बताउनुभयो ।

अस्पतालको स्थलगत निरीक्षणमा उपप्रधानमन्त्री पौडेलका साथ लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले पोलिटब्युरो सदस्य दधीराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल रानालगायत सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित लागि रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ को लागत ‘इष्टिमेट’ रहेको छ ।

भवन निर्माणको जिम्मावारी भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थाले पाएको छ । अस्पताल भवन निर्माण प्रक्रियाअन्तर्गत २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।

प्राधिकरणका साइट इञ्जिनियर सुवेदीले पाँच वर्षको म्याद अर्थात् २०८५ पुस २५ गतेभित्र रु छ अर्ब १८ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

उक्त प्रादेशिक अस्पताल भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा अन्तरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी) र माथिल्ला तलामा एक हजार २०० शय्यासहितको सुविधासम्पन्न उपचार कक्ष रहने प्राविधिक नापनक्साबमोजिम भवन निर्माणको काम तीव्रगतिमा भइरहेको इञ्जिनियर पोखरेलले सो अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द