Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 8, 2017 चितवन - CTW, समाज

खेतमा महिलाको शव खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २३, चितवन । पश्चिम चितवन जगतपुरको शीतलपानीस्थित खेतमा एक महिलाको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–२३ शीतलपानीका दीनानाथ पौडेलको खेतको कुलोमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ फेला परेको महिलाको शवपरीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको छ । खुट्टामा बोरा बेरिएको तथा सडेको अवस्थामा शव भेटिएको हो ।

शवको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घाँस काट्ने मान्छेले देखेर प्रहरीलाई खबर गरेको जानकारी दिँदै स्थानीयवासी गणेश पौडेलले खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा शव भेटिएको बताउनुभयो ।

पौडेलले कतैबाट हत्या गरेर ल्याई फालेको आशंका गरिए पनि अहिलेसम्म कतैबाट जानकारी नआएको बताउनुभयो । रासस