२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आर्थिक अभावले पर्वतका मिर्गौलापीडित बाबुछोराको उपचारमा समस्या

२०७४, २३ भाद्र शुक्रबार ०७:४८

भदौ २३, पर्वत। धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीकी सुकमाया दर्जी केही दिनयता पिरलोमा हुनुहुन्छ । 

कमाएर सातजना परिवारको गर्जो टार्न तीन महिनाअघि साउदी जानुभएकमा श्रीमान् नरबहादुर दर्जी त्यहाँ पुग्न नपाउँदै मिर्गौलामा खराबी देखिएको खबर आयो । श्रीमान् बिछोडिएको केही दिनमै खेल्दाखेल्दै घरनजिकैको रूखबाट लडेका नौ वर्षीय छोरा शक्तिमानलाई पोखराको मणिपाल अस्पताल पु¥याएपछि एउटा मिर्गौलाले काम गर्न छोडेको चिकित्सकले सुनाए । त्यो खबरले सुकमाया छाँगाबाट खसेजस्तै हुनुभयो । चिकित्सकले छोरालाई थप उपचारका लागि काठमाडौँ लैजान र त्यसका लागि करिव रु एकलाख खर्च हुने सुझाव दिए तर सुकमायाले आफूसंग काठमाडौँ जाने बस भाडासमेत नभएको गुनासो गर्नुभयो । 

“कमाउन जानुभका श्रीमान् उतै अस्पतालमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यता छोराको यो हालत छ ।” नरबहादुरले गाउँबाट रु एक लाख ५० हजार ऋण खोजेर साउदी पुग्नुभएको थियो । साउदी पुगेपछि काम शुरु गर्न नपाउँदै अस्पताल भर्ना हुनुभएका उहाँलाई त्यहाँ रहेका नेपालीको सहयोगमा मिर्गौलाको डायलासिस भइरहेको छ । “यता ऋणको ब्याज बढेको बढै छ”, सुकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, “कमाइखाने यो ज्यान पनि यसैलाई बोकेर यताउता गर्नु परेपछि अब मेरो के हालत होला ।” 

नरबहादुरलाई साउदीस्थित कम्पनीले उपचारका लागि नेपाल जान सुझाएको खबर आएको छ । “उता श्रीमान्लाई पनि कम्पनीले नेपाल फर्काउन लागेको छ”, उहाँले भन्नुभयो, “अब छोराको उपचार गर्ने कि श्रीमान्को ?” ३५ वर्षको उमेरमै पाँच सन्तानकी आमा बुन्नुभएकी सुकमायालाई सन्ततिलाई साँझ बिहानको गाँस जुटाउन उस्तै समस्या छ । 

सम्पत्तिका नाममा १० पाथी कोदो फल्ने बारी र एकतले खरको छाप्रोबाहेक अरू केही नहुँदा श्रीमान् विदेशिएपछि केटाकेटीलाई पेटभरि एकछाक खुवाउनसम्म नसकेको उहाँले बताउनुभयो ।

सरकारी अस्पतालमा विपन्नका लागि उपचार कोषको रकम हुने भए पनि सुकमायालाई त्यसबारे जानकारी छैन । “गरिबको कार्ड भए उपचारमा पैसा लाग्दैन भन्ने त सुनेको हो”, उहाँले गुनासो गर्नुभयो, “ हामीजस्तालाई कसले हेर्छ र ?” असार २९ गतेदेखि बिरामी परेका छोराको उपचारका लागि यताउता ऋण खोजेर सुकमायाले रु ३० हजार खर्च गरिसक्नुभएको छ । 

सुकमाया यतिबेला कसैको सहयोग पाउने आशमा छोरालाई काखी च्यापेर हारगुहार गरिरहनुभएको छ । 

विभिन्न सङ्घसंस्थाले आफूजस्तै दुःखी र पीडितलाई सहयोग गर्छन् भन्ने सुनेको छु खै मैले कहीँबाट सहयोग पाउन सकिनँ सुकमायाले रुँदै रासससँग भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने