१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आर्थिक अभावले पर्वतका मिर्गौलापीडित बाबुछोराको उपचारमा समस्या

२३ भाद्र २०७४, शुक्रबार ०७:४८

भदौ २३, पर्वत। धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीकी सुकमाया दर्जी केही दिनयता पिरलोमा हुनुहुन्छ । 

कमाएर सातजना परिवारको गर्जो टार्न तीन महिनाअघि साउदी जानुभएकमा श्रीमान् नरबहादुर दर्जी त्यहाँ पुग्न नपाउँदै मिर्गौलामा खराबी देखिएको खबर आयो । श्रीमान् बिछोडिएको केही दिनमै खेल्दाखेल्दै घरनजिकैको रूखबाट लडेका नौ वर्षीय छोरा शक्तिमानलाई पोखराको मणिपाल अस्पताल पु¥याएपछि एउटा मिर्गौलाले काम गर्न छोडेको चिकित्सकले सुनाए । त्यो खबरले सुकमाया छाँगाबाट खसेजस्तै हुनुभयो । चिकित्सकले छोरालाई थप उपचारका लागि काठमाडौँ लैजान र त्यसका लागि करिव रु एकलाख खर्च हुने सुझाव दिए तर सुकमायाले आफूसंग काठमाडौँ जाने बस भाडासमेत नभएको गुनासो गर्नुभयो । 

“कमाउन जानुभका श्रीमान् उतै अस्पतालमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यता छोराको यो हालत छ ।” नरबहादुरले गाउँबाट रु एक लाख ५० हजार ऋण खोजेर साउदी पुग्नुभएको थियो । साउदी पुगेपछि काम शुरु गर्न नपाउँदै अस्पताल भर्ना हुनुभएका उहाँलाई त्यहाँ रहेका नेपालीको सहयोगमा मिर्गौलाको डायलासिस भइरहेको छ । “यता ऋणको ब्याज बढेको बढै छ”, सुकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, “कमाइखाने यो ज्यान पनि यसैलाई बोकेर यताउता गर्नु परेपछि अब मेरो के हालत होला ।” 

नरबहादुरलाई साउदीस्थित कम्पनीले उपचारका लागि नेपाल जान सुझाएको खबर आएको छ । “उता श्रीमान्लाई पनि कम्पनीले नेपाल फर्काउन लागेको छ”, उहाँले भन्नुभयो, “अब छोराको उपचार गर्ने कि श्रीमान्को ?” ३५ वर्षको उमेरमै पाँच सन्तानकी आमा बुन्नुभएकी सुकमायालाई सन्ततिलाई साँझ बिहानको गाँस जुटाउन उस्तै समस्या छ । 

सम्पत्तिका नाममा १० पाथी कोदो फल्ने बारी र एकतले खरको छाप्रोबाहेक अरू केही नहुँदा श्रीमान् विदेशिएपछि केटाकेटीलाई पेटभरि एकछाक खुवाउनसम्म नसकेको उहाँले बताउनुभयो ।

सरकारी अस्पतालमा विपन्नका लागि उपचार कोषको रकम हुने भए पनि सुकमायालाई त्यसबारे जानकारी छैन । “गरिबको कार्ड भए उपचारमा पैसा लाग्दैन भन्ने त सुनेको हो”, उहाँले गुनासो गर्नुभयो, “ हामीजस्तालाई कसले हेर्छ र ?” असार २९ गतेदेखि बिरामी परेका छोराको उपचारका लागि यताउता ऋण खोजेर सुकमायाले रु ३० हजार खर्च गरिसक्नुभएको छ । 

सुकमाया यतिबेला कसैको सहयोग पाउने आशमा छोरालाई काखी च्यापेर हारगुहार गरिरहनुभएको छ । 

विभिन्न सङ्घसंस्थाले आफूजस्तै दुःखी र पीडितलाई सहयोग गर्छन् भन्ने सुनेको छु खै मैले कहीँबाट सहयोग पाउन सकिनँ सुकमायाले रुँदै रासससँग भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल