२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग

२०८२, २४ असार मंगलवार १६:१०
मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषालाई सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा, कोष र व्याकरण विभागले आज यहाँ आयोजना गरेको ‘मधेश प्रदेशमा सरकारी कामकाजको भाषा’ विषयक विचार गोष्ठीका वक्ताहरुले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई सरकारी कामकाजको मान्यता दिइ कार्यान्वयन गर्नुपर्ने माग गरेका हुन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य डा सूर्यप्रसाद यादवले मधेश प्रदेशका आठ जिल्लामा बोलिने मैथिली भाषा हरेक दृष्टिकोणले सरकारी कामकाजको भाषाका लागि उपयुक्त रहेकाले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतः सरकारी कामकाजको भाषा निर्धारण राजनीतिक प्रक्रियाबाट हुने भए पनि यो नितान्त संवैधानिक विषय हो, यसको निर्धारण सम्बन्धित प्रदेशमा प्रयोग भइरहेको मातृभाषाहरुमध्येबाट सङ्ख्यात्मक रूपमा पहिलो स्थानको भाषालाई चयन गर्नुपर्छ ।”
नेपालको राष्ट्रिय जनगणना २०७८ विश्लेषण गर्दा मधेश प्रदेशमा बोलिने मातृभाषाहरुमध्ये मैथिली प्रमुख भएकाले सरकारी कामकाजको भाषाका लागि उपयुक्त हुने उहाँको भनाइ छ ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले आयोगले मधेश प्रदेशका लागि मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा मैथिली ४१.७३, भोजपुरी १८.८०, बज्जिका १८.४३ वक्ता सङ्ख्या छन् ।
मधेश प्रदेश सरकारले २०८१ माघ ९ गते भाषा आयोगको सिफारिसमा परेको भाषा मैथिली, भोजपुरी, बज्जिकासहित थप दुईओटा भाषा हिन्दी र अङ्ग्रेजीलाई समेट्दै सरकारी कामकाजको भाषाका रूपमा प्रदेशसभामा प्रस्तुत गरेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देशभरिमा जम्मा १२४ मातृभाषा भेटिएका छन् । जसमध्ये मधेश प्रदेशमा मात्रै ६० भन्दा बढी मातृभाषा बोलिन्छन् ।
पत्रकार सुरेश यादवले सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायतका मधेश प्रदेशका सबै जिल्लामा मैथिली भाषा बढी बोलीने भएकाले मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने