भदौ २३, अर्घाखाँची । अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर सहित अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २३, अर्घाखाँची । अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर सहित अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   

२०८३, १६ जेष्ठ शनिबार
अर्घाखाँची - AGK

अर्घाखाँचीमा पनि राष्ट्रिय शिक्षा दिवस मनाइयो

२०७४, २३ भाद्र शुक्रबार १२:२१


भदौ २३, अर्घाखाँची । अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर सहित अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   

शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस् भन्ने आदर्श वाक्यका साथ विसं २०३१ बाट यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले आठ सेप्टेम्बरलाई अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको छ ।

यसैविच संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस  आज अर्घाखाँचीमा पनि मनाइएको हो ।

जिल्ला शिक्ष कार्यलय अर्घाखाँचकिो  आयोजना तथा  जिल्ला शिक्षा समितीको सम्न्वयमा कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा अर्घाखाँचीबाट २०७३ सालको एसईई २०७३ र २०७३ सालको कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा सहभागि भई सामुदायिक र सस्थागत  तर्फका उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरीएको थियो ।

  साथै जिल्ला भरीबाट उत्कृष्ठ नतिजा ल्याउन सफल सामुदायिक विद्यालयहरुलाई पनि सम्मान गरीएको थियो  कार्यक्रममा जिल्ला शिक्षा शधिकारी लिल बहादुर राउले जिल्लाको शैक्षिक अबस्था तथा बर्तमान जिल्लाको शैक्षिक प्रगती रीपोर्ट प्रस्तुत गर्नु भएको थियो । राउतले अर्घाखाँचीले पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको क्षेत्रमा  सफल भएको भन्दअझै केही कमीकमजोरी रहेको  र छिटो भन्दा छिटो त्यसको ब्यबस्थापनमा लाग्ने बताएका थिए । उनले शिक्षलाई ब्यबहारीक र जिवन उपयोगी शिक्षा बनाउने उद्धेश्यले जिल्लामा कक्षा नौ देखि कक्ष १२ सम्म प्राविधिक शिक्षामा जोड दिएको बताएका थिए । 

कार्यक्रम जिल्ला न्यायाधिस केशव प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसाल ,  उप प्रमुख ठाकुर कुमार विक , नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष हरी प्रसाद भुसाल , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , शिक्षा सँग सम्बन्द्ध ब्यक्ती , पत्रकार , विभिन्न विद्यालयबाट आउनु भएका शिक्षक तथा विद्याथीहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी तथा जिल्ला न्यायाधिस बास्तोलाले गुणिस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भएको थियो । उहाँले बालबालिकाहरु अझै पनि विद्यालय जान नपाउने अबस्था भएको बताउँदै त्यस्ता बालबालिकाहरुको  पहिचान गरी उनीहरुलाई शिक्षा जस्तो मैलिक अधिकारबाट कसैले पनि बञ्चीत गराउन नहुने भनाई राख्नु भएको थियो । समाजको परीर्वतन शिक्षा भएको ब्यक्तीद्धारा हुने भएकोले शिक्षामा बढी भन्दा बढी लगानी गर्नु पर्ने  बताउनु भएको  थियो  । त्यस्तै कार्यक्रममा मन्तब्य राख्ने अधिकांश बक्ताहरुले बालबालिकाहरुलाई नैतिक शिक्षा प्रदान गर्नु पर्ने बताएका थिए । बिद्यार्थी समाजमा घुलमिल हुन सक्दैन , उस्ले आप्ःना आफन्त जनहरुलाई सम्मान गर्न सक्दैन भने त्यो शिक्षा उपलब्धीमुलक  नहुने कुरा राखेका थिए । 

 कार्यक्रमम जिल्ला समन्वय समतिका अध्यक्ष पिताम्बर शर्माको अध्क्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थहरुले नृत्य तथा गीत प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी