२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाबासीले खाने मासु गुणस्तरहीन, कुहिएका मासु डिफ्रिजमा राखेर विक्री गरीदै

२०७४, २३ भाद्र शुक्रबार १६:३८

लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । दार्चुला सदरमुकाम खलंगा बासीले खाने मासु गुणस्तरहिन रहेको पाइएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको नेतृत्वमा शुक्रबार गरेको बजार अनुगमनको क्रममा खलंगाका सबै जसो मासु पसलमा गुणस्तरहिन र कुहिएको मासु विक्री गर्ने पाइएको हो ।


एकसाता अघि नै काटिएका मासु डिफ्रिजमा राखेर विक्री गर्ने गरेको पाइएको छ । स्वास्थ्यको दृष्टिकोणले यो मासु खान घातक हुने र यस्तो मासु खाएर स्वस्थ्यलाई असर पर्ने पशु चिकित्सकहरुले बताएका छन । सदरमुकाममा सञ्चालीत मासु पसलहरुले सरसफाई नगरेको, मासु पुरै गन्हाएको छ ।

गुणस्तरहिन मासु विक्री गरेको भन्दै दिनेश मासु पसलबाट १९ किलोमासु बरामद गरि नष्ट गरिएको छ । जसमा खसीको मासु ५ किलोग्राम, कुखुरा ६ किलोग्राम, बंगुर ३ किलोग्राम र खसीको टाउँको ३ किलो मासु नष्ट गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयले डिफ्रिज दिएपनि सदुपयोग भन्दा दुरुपयोग गरेको पाइएको हो । अन्य मासु पसलहरु समेत दर्ता नभएको, रेट लिष्ट नभएको, सबै प्रकारका मासु मिक्स गरेर विक्री गर्ने गरेको समेत पाइएको छ ।


कुखुराको मासुको मूल्य ३ सय ५० रुपैयाँ तोकिएकोमा ४ सय रुपैया लिने  गरेको पाइएको छ । गुणस्तरहिन मासु विक्री गर्ने तथा दर्ता पक्रियामा नगएका मासुपसललाई तत्काल कानुनको दायरामा आउन निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो