लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औ अन्तराष्ट्रीय साक्षरता दिवस दार्चुला जिल्लाभरी मनाइएको छ । 

जिल्ला शिक्षा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औ अन्तराष्ट्रीय साक्षरता दिवस दार्चुला जिल्लाभरी मनाइएको छ । 

जिल्ला शिक्षा क"/>

2026-07-24 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ३८औ राष्ट्रिय शिक्षा दिवस भब्यताकासाथ मनाइयो

लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औ अन्तराष्ट्रीय साक्षरता दिवस दार्चुला जिल्लाभरी मनाइएको छ । 

जिल्ला शिक्षा कार्यालयले ९ वटै स्थानीय तहमार्फत स्रोत केन्द्र र विद्यालयहरुलाई दिवस भव्यताकासाथ मनाउन पत्रचार गरे अनुसार विद्यालयहरुले छुट्टाछुट्टै रुपमा दिवस मनाएका हुन् । अधिकांश विद्यालयहरुले कविता, निवन्ध प्रतियोगिताको आयोजना गरि दिवस मनाएका छन् । यस्तै विद्यालयमा सांस्कृतिक नृत्य समेत गरेर शिक्षक, विद्यार्थीले भव्य रुपमा दिवस मनाएको विद्यालयहरुले जनाएका छन् ।

महेन्द्र नमुना माबि खलंगा र स्रोत केन्द्र खलंगाको आयोजनामा जिल्ला सदरमुकाम क्षेत्रका सामुदायिक र संस्थागत बिद्यालयहरुले संयुक्त रुपमा महेन्द्र नमुना माबि खलंगामा दिवस मनाएको छ । यस्तै लेकम गाउँपालीका ५ मा रहेको लटिनाथ माबि चौपाता, शैल्यसिखर नगरपालीका सदरमुकाम गोकुलेश्वरमा रहेको गोकुलेश्वर माबि गोकुलेश्वर लगायत जिल्लाका धेरै बिद्यालयमा बिभिन्न कार्याक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

महेन्द्र नमुना माबिमा सदरमुकाम आसपासका निजि र संस्थागत बिद्यालयको सहभागितामा संघिय नेपाल समृद्धिको आधार, गुणस्तरीय शिक्षा सबैको अधिकार शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरीएको थियो । प्रतियोगितामा प्रथम महेन्द्र माबिका सहभागि कैलास धामी, द्धितिय अनिसा ठगुन्ना, तृतिय एसियन एकेडेमिका रोसन भट्ट र सान्तना स्थान दार्चुला पब्लीक स्कुलका सहभागि सुसाङ्क कार्कीले प्राप्त गर्नुभएको छ ।  

समाजिक र मानिबिय समृद्धि र बिकासकालागी कार्यक्रमका सहभागि र अथितिहरुले गुणस्तरीय शिक्षामा जोड दिएका छन । देश संघिय संरचनामा बिभाजन भइसकेपछि अब स्थानिय तहमै गाउँ, नगर शिक्षा निमार्ण गरेर जनप्रतिनिधिहरुले स्तरीय सुहाउँदो शिक्षा निति बनाएर लागु गर्नुपर्ने जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिहले बताउँनुभएको छ ।

भोलीको जनसक्ती कस्तो बनाउँने भन्ने बिषयमा गम्भीर रुपमा स्थानिय तहले सोच्नुपर्नेमा सिहको जोड छ । अहिलेसम्म सबैकालागी शिक्षाकोलागी समाज लागेपनि अब जिवनप्रयत्न शिक्षाकोलागी पहल हुनुपर्ने बताउँनुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अब संख्यात्मक भन्दापनि गुणस्तरीय शिक्षामा सबैको ध्यान जानुपर्ने शुझाब दिनुभएको छ ।

शिक्षा क्षेत्रको सुधारकालागी राजनीति मुक्त हुनुपर्ने र शिक्षक, बिद्यार्थी, जनप्रतिनिधि, अभिभाबक सबैले इमानदार हुनुपर्ने बेला आएको जिल्ला समन्वय समिति संयोजक करबिर बहादुर कार्कीले बताउँनुभयो ।

महाकाली नगरपालीकाका मेयर हंसराज भट्टले नगरपालीकाले गुणस्तरीय शिक्षाकालागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यसकालागी अभिभाबक लगायत सबै पक्षको सहयोगको खाचो रहेको औल्याउँनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक