१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको टाउन खोलामा पक्की पुल निर्माण हुने

२४ भाद्र २०७४, शनिबार ०७:५७

भदौ २४, नवलपरासी । नवलपरासी गैँडाकोट नगरपालिका वडा नं १२ र १४ को सिमानास्थित टाउन खोलामा पक्की पुल निर्माण हुने भएकोे छ । 

पुल निर्माणका लागि गैँडाकोट नगरपालिकाले रु ९० लाख बजेट विनियोजन गरिएको छ । पुल निर्माणको काम शुरु भएको र यही आर्थिक वर्षमा पुल बन्ने गैँडाकोट–१२ का वडाध्यक्ष थिरबहादुर थनेतले बताउनुभयो । 

पुल नबन्दा गैँडाकोट–१२ का स्थानीयले धेरै सास्ती बेहोर्दै आइरहेका छन् । जोखिम मोलेर भएपनि बिद्यार्थीले विद्यालय जान खोला तर्नुपर्ने अवस्था रहेको गैँडाकोट–१४ का तिलबहादुर विकले बताउनुभयो । घरबाट बाहिर जाँदा खोला बढेको हुँदैन, घर फर्कदा खोला बढेर तर्न नसकेका धेरै घटना भएको विकले बताउनुभयो । 

पुलको अभावमा समयमा नियमित विद्यालय जान बिद्यार्थीलाई समस्या हुने गरेकाले पढाइसमेत बिग्रने गरेको अभिभावक सोमबहादुर विकले बताउनुभयो ।

खोलामा पुल नहुँदा विद्यार्थीलाई मात्र होइन, स्थानीयस्तरमा हुने व्यापार व्यवसाय र खरिदबिक्रीमा समेत समस्या आउने गरेकोे स्थानीय सावित्री हमालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह