2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको टाउन खोलामा पक्की पुल निर्माण हुने

भदौ २४, नवलपरासी । नवलपरासी गैँडाकोट नगरपालिका वडा नं १२ र १४ को सिमानास्थित टाउन खोलामा पक्की पुल निर्माण हुने भएकोे छ । 

पुल निर्माणका लागि गैँडाकोट नगरपालिकाले रु ९० लाख बजेट विनियोजन गरिएको छ । पुल निर्माणको काम शुरु भएको र यही आर्थिक वर्षमा पुल बन्ने गैँडाकोट–१२ का वडाध्यक्ष थिरबहादुर थनेतले बताउनुभयो । 

पुल नबन्दा गैँडाकोट–१२ का स्थानीयले धेरै सास्ती बेहोर्दै आइरहेका छन् । जोखिम मोलेर भएपनि बिद्यार्थीले विद्यालय जान खोला तर्नुपर्ने अवस्था रहेको गैँडाकोट–१४ का तिलबहादुर विकले बताउनुभयो । घरबाट बाहिर जाँदा खोला बढेको हुँदैन, घर फर्कदा खोला बढेर तर्न नसकेका धेरै घटना भएको विकले बताउनुभयो । 

पुलको अभावमा समयमा नियमित विद्यालय जान बिद्यार्थीलाई समस्या हुने गरेकाले पढाइसमेत बिग्रने गरेको अभिभावक सोमबहादुर विकले बताउनुभयो ।

खोलामा पुल नहुँदा विद्यार्थीलाई मात्र होइन, स्थानीयस्तरमा हुने व्यापार व्यवसाय र खरिदबिक्रीमा समेत समस्या आउने गरेकोे स्थानीय सावित्री हमालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो