काठमाडौँ । पाकिस्तानी अभिनेत्री तथा मोडेल हुमैरा असगर अलीको दुःखद निधन भएको छ। तमाशा घर र २०१५ को फिल्म जलाईबीमा अभिनय गरेकी हुमैराको शव कराँचीको डिफेन्स हाउसिङ अथोरिटीस्थित अपार्टमेन्टमा करिब तीन हप्ता पछि फेला परेको हो।
विगत सात वर्षदेखि एक्लै बस्दै आएकी हुमैराको अपार्टमेन्टबाट अप्रिय गन्ध निस्किएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी दिउँसो ३:१५ बजे पुगेपछि ताला फोडेर प्रवेश गर्दा कुहिएको शव फेला परेको थियो। शवलाई जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ।
प्रहरीका अनुसार उनी लगभग दुई हप्ता अघिदेखि मृत थिइन्। रिपोर्टले उनी यस वर्षको सुरुबाटै भाडा तिर्न छाडेकी थिइन्। बारम्बार सम्पर्क प्रयास असफल भएपछि घरधनीले कानुनी कारबाही अघि बढाएका थिए।
प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक संकेत देखिएको छैन। यद्यपि, अन्तिम निष्कर्ष पोस्टमार्टम रिपोर्टपछि मात्र आउनेछ। प्रहरीले हुमैराको मोबाइल रेकर्डमार्फत परिवारजन खोजी जारी राखेको छ।