२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी

२०७४, २४ भाद्र शनिबार ११:२१

भदौ २४, पाल्पा । व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर यहाँका एक किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । 

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । 

बीस रोपनी जग्गामा फैलिएको कोइरालको निजी बगँैचाबाट वार्षिक ४० देखि ६० हजारसम्म सुन्तलाका बिरुवा विभिन्न जिल्ला निकासी हुँदै आएको छ । अम्लाबाँसमा हुर्काइएका सुन्तलाका ती बिरुवा पश्चिम नेपालको दार्चुला, रोल्पा, सल्यान, कैलाली, प्युठान, अर्घाखाँची, गुल्मी स्याङ्गजा, पर्वत, बागलुङ, कास्की, तनहँु, नवलपरासीसम्म निर्यात हुँदै आएको उहाँले बताउनुभयो । 

करिब ४० वर्षदेखि निजी सुन्तलाको बगैँचाबाट कलमी र बिजु गरी दुई थरीका बेर्ना हुर्काउँदै आउनुभएका कोइराला सुन्तला बिरुवा उत्पादन गर्ने नमूना किसान हुन् । उनले प्रतिकलमी बिरुवा रु ४५ र बिजु रु २६ मा बगैँचाबाट नै बिक्री गर्दै आएका हुन् । 

प्रतिक किलो रु एक हजारका दरले १५ किलो जंगली सुन्तलाको बीउ काठमाडौँबाट ल्याएर ब्याड राख्नुहुन्छ । एक किलो बीउबाट तीन हजारभन्दा बढी सुन्तलाको बेर्ना हुर्काउन सकिन्छ । 

सुन्तलाको बीउलार्ई कात्तिक मंसिरमा ब्याड राख्ने, ब्याडमा हुर्किएका सुन्तलाका बिरुवालाई असार महिनामा प्लास्टिकका ब्यागमा सार्ने काम हुन्छ । जमिनबाट प्लास्टिकमा सारिएका जंगली सुन्तलाका बिरुवामा स्थानीय सुन्तलाको कलमी गर्नुपर्ने कोइरालाको भनाइ छ । कलमी गरिएका बिरुवालाई चार महिनासम्म हावा र पानीबाट जोगाउनका लागि प्लास्टिकको घरमा हुर्काइन्छ । 

सुन्दर तथा हराभरा सुन्तलाको बगैँचा कृषि पर्यटनका लागि थप आकर्षकको थलो बनेको छ । स्थानीय प्रदीप पोखरेलका अनुसार रु एक करोडभन्दा बढीको सुन्तला वर्षेनी जिल्ला बाहिर निकासी हुँदै छ । यस वडामा ५० भन्दा बढीले व्यावसायिक सुन्तलाखेती गर्दै आएको अर्का स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ