११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मर्यादित परिक्षा बनाउन केन्द्राध्यक्षलाई निर्देशन

१५ चैत्र २०७२, सोमबार ०८:३०

surkhet newsगोविन्द बिश्वकर्मा/ सुर्खेत, १५ चैत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले मर्यादित वातावरणमा एसएलसी परिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा सोमबार कार्यालयले एक कार्यक्रमको आयोजना गरेर यही चैत्र १८ गतेबाट हुन लागेको एसएलसी परिक्षालाई मर्यादित बनाउन यस्तो निर्देशन दिएको हो ।

एसएलसी परिक्षामा हुन कुनैपनि अमर्यादित घटना रोक्न केन्द्राध्यक्षको भूमिका अहम रहने भएकाले स्थानीयसंग समन्वय गरेर परिक्षा सञ्चालन गर्न शिक्षा अधिकारीले निर्देशन दिएका छन् । परिक्षालाई स्वच्छ, मर्यादित शान्तिपूर्ण रुपमा व्यवस्थित बनाउन अधिकारी हमालले आग्रह पनि गरेका छन् । परिक्षालाई चिटमुक्त बनाउन सवैको साथ आवश्यक भएकाले केन्द्राध्यक्षले पनि परिक्षा अवधिमा त्यस्ता कार्यलाई रोक्न निर्देशन दिएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

साथै जिल्ला शिक्षा अधिकारी दीपा हमालले यस वर्षको परिक्षामा पनि सहभागि हुने विद्यार्थीहरुलाई मुस्कानसहित स्वागत गर्न र परिक्षा समयमा महिनावरी हुने छात्राहरुलाइ समस्या हुन सक्ने भन्दै त्यसमा ध्यान दिन केन्द्राध्यक्षलाई सहजिकरण गरिएको छ । एसएलसी परिक्षा समन्वय समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्यक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटाउने जानकारी दिएको सहायक जिल्ला शिक्षा अधिकारी धुव्रराज पौडेलले जानकारी दिए ।

उनका अनुसार परिक्षामा जनपद र सशस्त्र प्रहरी परिचालन हुनेछन् । तर थप प्रहरी आवश्यक भएमा प्रहरी कार्यालय तयारी अवस्थामा राख्ने प्रतिवद्धता जनाएको छ । परीक्षाको तयारी पूरा भैसकेको जिल्ला शिक्षा कार्यालयको भनाई छ । जिल्लामा यस बर्ष ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत बर्षको भन्दा एउटा परीक्षा केन्द्र यस पटक थप गरिएको हो ।

सबै परीक्षा केन्द्रहरुको भौतिक पूर्वाधारको अनुगमनको काम सकिएको जिल्ला शिक्षा अधिकारी एवं परीक्षा सञ्चालन समितिका सदस्य सचिव दिपा हमालले बताए । उनका अनुसार सम्बन्धित परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका र प्रश्न पत्र पठाउने काम भैरहेको छ । सुर्खेतमा यस बर्ष नियमित तर्फ ६ हजार ९९६ र एक्जाम्टेतर्फ ४ हजार ३२ जना गरेर ११ हजार २८ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । भर्ना भएका मध्य ७५ प्रतिशत हाजिरी पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह