गोविन्द बिश्वकर्मा/चैत्र १६, सुर्खेत । सुर्खेतमा एसएलसी परीक्षाको तयारी पुरा भएको छ ।
यही चैत १८ गतेदेखि संचालन हुन लागेको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
एसएलसी परीक्षाको तयारीको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सहायक जिल्ला शिक्षा अधिकारी धुर्वराज पौडेलले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् ।
केन्द्राध्यक्षहरु, उत्तर पुस्तिका लगायतका सबै मामग्रीहरु सम्बन्धित केन्द्रमा पठाइसकिएको पौडेलको भनाई छ । सम्पूर्ण केन्द्रका अध्यक्षहरुरलाई अभिमुखिकरण गरेर केन्द्रमा पठाइएको भन्दै सहायक जिल्ला शिक्षा अधिकारी पौडेलले परीक्षा मर्यादित र भयरहित हुने बताए ।
यो वर्ष सुर्खेतबाट ११ हजार २७ जनाले एसएलसी परीक्षा दिदैछन् । परीक्षाका लागि सुर्खेतमा ३० वटा परीक्षा तोकिएको छ भने एक हजार २ सय ८३ जना कर्मचारीहरु खटाइने जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।