२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेवा प्रवाह प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरुको गुनासो

२३ चैत्र २०७२, मंगलवार २१:१३

गोविन्द बिश्वकर्मा/चैत २४, सुर्खेत । सुर्खेतका निजामति कर्मचारीहरु आफ्नो निर्वाचनका लागि खटिँदा सेवा प्रवाह गतिलो नभएको भन्दै सेवाग्राहीहरुले गुनासो गर्न थालेका छन् ।

आफ्नो आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि भन्दै जिम्मेवार भनिएका कर्मचारी नै प्रचार प्रसारमा लाग्दा सेवा प्रवाहमा असर परेको हो । यस्तो काममा विशेषगरि गाविस सचिवहरु लागिरहेका नाम नबताउने शर्तमा एक जना सेवाग्राहीले जागरणसँग गुनासो गरे । सरकारी कर्मचारीहरु आफ्नो संगठनलाई जतिसक्यो बढि भोट संकलनका लागि प्रचारप्रसारमा लागेका छन् ।

ती सेवाग्राहीकाअनुसार सरकारी काम गर्नुपरेमा सम्वन्धीत कर्मचारीलाई फोन गरेर पहिला समय लिनुपर्ने अवस्था आएको बताएका छन् । अहिले प्रजातान्त्रिकहरुको तर्फबाट भनेर नेपाल निजामति कर्मचारी युनियन (संघ) र प्रगतिशिलतर्फबाट भनेर नेपाल निजामति कर्मचारी संगठनले प्रचार प्रसार गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले आफ्नो टीमलाई विजयी गराउन भन्दै केहि समय पहिलादेखि नै प्रचार प्रसार गरेको थियो ।

त्यसपछि नेपाल निजामति कर्मचारी संगठन पनि प्रचारमै होमिएको थियो । तर कर्मचारीहरुले भने विहान वा साँझको समय पारेर काम प्रभावीत नहुनेगरि प्रचार गरिएको भन्दै वचाऊ गरेका छन् । कर्मचारी–कर्मचारीबीच हुने आन्तरिक निर्वाचनका लागि खुला रुपमा प्रचारप्रसारको जरुरत नपर्ने भए पनि प्रचार प्रसार गरेर झन भड्किलो बनाइएको गुनासो बढेको छ ।

देशभरबाट निजामति कर्मचारीले एउटा संगठनलाई भोट हाल्नुपर्नेछ भने सवैभन्दा धेरै मत पाउनेले अध्यक्ष पद आफ्नो संगठन भित्रबाट छनोट गर्नेछ । त्यसैगरि दोश्रो कम मत पाउनेले उपाध्यक्ष, त्यसभन्दा कम पाउनेले सचिव जस्तै गरि पद बाँडफाँट गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ