प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।

हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।

हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समाचार प्रभाब : भद्रकुमारीको घर बन्ने भयो

३ माघ २०७२, आईतवार ०५:४७

प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।



हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीको घर वि.स. २०६८ सालको भुकम्पले क्षति गरेपछि अर्को घर बनाउन सकेकी थिइनन् । तत्काल पाएको पाल र राहतको सहयोगमा घर सँगै रहेको गोठमा बस्दै आएकी तोलाङ्गीको विषयमा विभिन्न सन्चारमाध्यममा समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको हो । हालै तेह्रथुम घर भएर हाल इजरायलमा काम गर्दै आएका देव बाँस्कोटाले १० हजार रुपैयाँ भद्रकुमारीको घर निर्माणकालागि सहयोग गरेका छन् ।


यस्तै अन्य विभिन्न क्षेत्रबाट समेत उनको अवस्थाको विषयमा चासो बढेको छ । गाउँ विकास समितिमार्फत पाउने सामाजिक सुरक्षा भत्ताकालागि समेत समाचार प्रकाशित भएपछि पहल सुरु भएको स्थानीय संचारकर्मी प्रकाश पाक्साँवाले बताउनुभयो । बाबुआमाको साथमा बसेकी अविवाहित भद्रकुमारीका बाबुआमाको मृत्युपछि घरमा एक्लै बस्दै आएकी थिइन् ।



भएको घर भत्किएपछि गोठमा बसेकी उनलाई विरामी पर्दा चिसोले सताएको सम्बन्धी समाचार प्रकाशित भएपछि सरोकारवाला र सरकारी निकायको समेत चासो बढेको छ । उनले आफुलाई बस्ने छाप्रो बनाउनकालागि अरु दयालु मनहरुलाई समेत आग्रह गरेकी छिन् । विभिन्न क्षेत्र र व्यक्तिहरुबाट प्राप्त सहयोगले घर बनाउने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ