2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चार दिनपछि सकियो महाकाली नाच

भदौ २५, भक्तपुर। अट्ठाइस वर्षपछि शुरु भएको चार दिन लामो महाकाली नाच आजदेखि सकिएको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा मिलन केन्द्र आबद्ध युवाको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि यो नाच सञ्चालन गरिएको हो । 

गत २१ गते राति मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथको पूजा गरी शुरु भएको यो नाच प्रत्येक दिन टोलटोलमा गएर नचाइएको समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिको विभिन्न टोल र चोकचोकमा नचाइएको थियो । 

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो । नाचमा देवी एक, महालक्ष्मी एक, वेता चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्याः दुई, माकः दुई गरी १५ जना टोली हुन्छ । 

नाच सञ्चालनका लागि मध्यपुरथिमि नगरपालिका, कलाकार, समिति आबद्ध व्यक्ति, स्थानीय बासिन्दा र सङ्घसंस्थाहरुबाट रकम संकलन गरेर नाच सञ्चालन गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार यो नाचलाई अब हरेक वर्ष सञ्चालन गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई