2026-08-28 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चाम्लिङ राईको ‘छुपानामहंछा’हरुको बंशावली प्रकाशन गरिने

चिसाङ शेर्पा | भदौ २५, खोटाङ | खोटाङमा किराँत राई चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशन गरिने विषयमा शनिवार बृहत छलफल भएको छ । रुपाकोट मझुवागढ़ी नगरपालिका लप्mयाङ ५ मझुवास्थित चाम्लिङ चोकमा भएको छलफलले आगमाी कात्र्तिक २५ गते खोटाङ, उदयपुर, सोलुखुम्बुका चाम्लिङ राईहरुकोे उपस्थितिमा सदरमुकाम दिक्तmेलमा अर्को बैठक बस्ने र  बंशावली प्रकाशनका बाँकि कार्यहरु अगाडी बढाईने निर्णय गरेको छ । 

आदिवासी जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तिराम राई (नाछिरिङ्ग), रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी अधिकृत खिलराज राई (छुपानामहंछा) नोछुंगको उपस्थितिमा वसेको भेलाले किराँत चाम्लिङ्ग छुपानामहंछाहरु बसोवास रहेको टेम्मा, प्वाला, दिपु्रङ, मझुवा, लफ्याङ्ग, नेर्पा, बराहपोखरी, उदयपुरको खाँबुरछाम्लिंङघुम्ने, जोगीदह, त्रियुगा, बोक्से र नेचा सोलुखुम्बुका चाम्लिङ राईहरुको हालसम्मको प्रगति विवरणको प्रमाणहरु सहित बंशावली प्रकाशन गरिने भेलाले निर्णय गरेको हो । 

पछिल्लो अवस्थामा आफ्नो कला, संस्कृती लोभ भईरहेको अवस्थामा चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशनले छरिएर वसेका चाम्लिङहरुलाई एकजुट बनाउँन सहयोग पुग्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए ।

तश्विरमा: चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशन विषयक छलफलपछि लफ्याङमा सामुहिक तस्विर खिचाउँदै चाम्लिङ राईहरु | तस्विर: सञ्जय सागर राई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा