३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता

३१ असार २०८२, मंगलवार १८:०२

काठमाडौँ  | जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज आयोजना गरेकोे सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सदरमुकाम चन्द्रगढीमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका प्रमुख सेवा प्रदायक सरकारी कार्यालय प्रमुखहरूले जनताका गुनासा यथासक्य चाँडो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रममा सहभागी स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न गम्भीर समस्या र गुनासो प्रस्तुत गरेका छन् ।

सुनुवाइमा उठाइएका प्रमुख विषयमा लागुऔषध दुव्र्यसन तथा कारोबार, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भइरहेको ढिलाइ, मालपोत तथा नापी कार्यालयमा विचौलियाको बिगबिगी र कर्मचारीको भ्रष्ट्र मनोवृत्ति, गर्मी बढेपछि नियमित विद्युत् आपूर्तिमा अवरोध, चन्द्रगढी बजार क्षेत्रमा पार्किङ अव्यवस्था र किसानलाई मल, बीउ र उत्पादनको उचित मूल्य नपाउनुलगायत विषय रहेका थिए ।

सुनुवाइका क्रममा उठेका सवालमा सम्बन्धित निकायका प्रमुखहरूले प्रत्यक्ष जवाफ दिएका थिए । उनीहरूले जनगुनासो गम्भीर भएको स्वीकार गर्दै आवश्यक सुधारका प्रतिबद्धता जनाएका छन ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवा प्रवाहमा उत्तरदायी र पारदर्शीता कायम गर्न यस्तो सुनुवाइ कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले नागरिकबाट उठेका सवालका आधारमा समस्याको समाधान खोजिने र जिल्लाका सबै सरकारी निकायलाई जवाफदेही बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नागरिक समाज, व्यवसायी, स्थानीय जनता, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली