2026-09-05 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

“बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला”

काठमाडौँ | भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। दक्षिणी कर्नाटकाको सामातीर्थ पहाडमा प्रहरीले गस्ती गरिरहेको समयमा ९ जुलाइको दिन उनीहरुलाई फेला पारेको हो। आठ वर्ष अघि भिषा सकिएकी निना कुटिना नामकी उनी एक वर्ष अघिदेखि त्यहाँ बसिरहेको प्रहरीले जानकारी दिएको हो।

झरनामा नुहाउदै, पेन्टिङ गर्दै र कविता लेख्दै जीवन बिताउने गरेको उनीहरुले बताएका छन्।
‘जंगलमा प्रकृतिसँग रमाउदै बाच्नुको महत्त्वपूर्ण अनुभव हामीले गरेका छौं। मैले मेरा छोरी मरुन् भनेर यहाँ ल्याएको होइन। हामी यहाँ जीवित नै रहने छौं,’ उनले भनिन्।

प्रहरीका अनुसार सन् २०१७ मा आउनु अघि नै उनले अन्य चार देशको भ्रमण गरेकी थिइन्। बिजिनेस भिषामा भारत आएकी उनको भिषाको म्याद सन् २०१७ मा सकिएको हो। सन् २०१८ को सेप्टम्बरमा उनी नेपाल गएकी थिइन्। नेपालबाट उनी फेरि भारत फर्किएकी हुन्। उनले बच्चाको बारे पनि केही बताउन चाहेकी छैनन्। अहिले उनलाई भारतले अवैध आप्रवासी राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार