३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

१ श्रावण २०८२, बुधबार १४:०७
 काठमाडौँ  इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरेको हो ।
गाउँपालिकाको कृषि शाखाकी अधिकृत समीक्षा पौडेलका अनुसार वडा नम्बर १, २ र ६ का चेपाङ समुदायलाई चिउरीको क्षेत्र विस्तारअन्तर्गत ती बिरुवा वितरण गरिएको हो । फल, घ्यू, तेल, पिना, चोपबाट लिसो, माछा मार्ने कीटनाशक औषधि, दुनाटपरी, डाँले घाँसलगायत बहुउपयोगी प्रयोग हुने चिउरीका माध्यमबाट जीविकोपाजर्नमा सहयोग पु¥याउने र यसको संरक्षण गर्न बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा एक हजारका दरले बिरुवा वितरण गरिएको हो ।
चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइँजो दिने गरिन्छ । चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ । चिउरीको परागसेचनका लागि शाकाहारी चमेरो आवश्यक पर्ने उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले चिउरीको बिरुवा गणना गरेको थियो । “गणनाका क्रममा तीन हजार ४७१ वटा बोट रहेको पाइएको थियो । सोही वर्ष पाँच सय वटा बिरुवा वितरण गरिएको थियो । चिउरीको संरक्षणका लागि मौरी घारसमेत वितरण गरिएको छ । चेपाङ समुदायका ९२ परिवारलाई मौरीको घार वितरण गरिएको हो”, कृषि अधिकृत पौडेलले भन्नुभयो ।
चिउरी संरक्षणसँगै शाकाहारी चमेरो समेत संरक्षणमा मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । चेपाङ समुदायमा मासुका रूपमा प्रयोग हुने चमेरोको संरक्षण गर्दा यस समुदायको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । चमेरो व्यावसायिक रूपमा मासु र बिक्री गर्ने प्रचलन अन्त्य गर्न यस कार्यक्रमले टेवा पुग्ने पौडेलले बताउनुभयो ।
एक वर्षमा एउटामात्र सन्तान उत्पादन गर्ने चमेरो पछिल्लो समय सङ्कटमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चमेरोको बढ्दो व्यवसायिकीकरण भयो । यसलाई संरक्षण गर्न गाउँपालिका लागेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली