2026-07-25 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

‘न्यायालयले गर्ने फैसलामा सम्मान छ’:डा स्वर्णिम वाग्ले

2025-07-18
काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्दै आएको बताउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पार्नुभयो । उहाँले हस्ताक्षर अभियान सञ्चालन गर्दैमा सभापति रवि लामिछाने छुट्ने होइन भन्दै न्यायपालिकाले गर्ने कार्यसम्पादनमा दखल नदिने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायपालिकाले गर्ने फैसला हामी मान्दै आएका छौँ र मान्नेछौँ ।”
उपसभापति वाग्लेले पार्टी सभापतिमाथि राजनीतिकरण भएको आफूहरुको बुझाइ रहेको उल्लेख गर्नुभयो । पार्टीप्रति आम जनताको आकर्षण बढेको दाबी गर्दै उहाँले सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताउनुभयो । आफूहरु २०८४ को चुनावको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टीप्रतिको आकर्षणले बलियो बनाएको उहाँले जिकिर गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक