काठमाडौँ | उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले शुक्रबारबाट लागू हुनेगरी राजीनामा दिएको सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिए।
उनका अनुसार न्यायाधीश लम्सालले स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएका हुन्। उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।
अवकाशमा जानुअघि नै उनले राजीनामा दिएका हुन्। उनको कार्यकाल अझै एक वर्ष बाँकी छ।