२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तान पर्यटक ताल वरपर नयाँ होटल निर्माणमा प्रतिबन्ध

३ श्रावण २०८२, शुक्रबार १७:०५
पाकिस्तानले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गर्ने उत्तरी भागका रमणीय तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध लगाउने भएको एक सरकारी निकायले जनाएको छ ।
गिलगिट–बाल्टिस्तानमा होटल र अतिथि गृहहरूको अनियन्त्रित निर्माणले वातावरणीय क्षयीकरणका बारेमा ठूलो चिन्ता जगाएको छ । यस क्षेत्रमा ध्रुवीय क्षेत्रहरू बाहिर पृथ्वीको कुनै पनि अन्य देशभन्दा बढी लगभग १३ हजार हिमनदी छन् ।
यस क्षेत्रको प्राकृतिक सौन्दर्यले यसलाई शीर्ष पर्यटकीय गन्तव्य बनाएको छ । यहाँ पुरानो सिल्क रोडमाथि उत्तर शिखरहरू छन् र चेरी बगैँचा, हिमनदी र बरफ–निलो तालहरू बीच पर्यटकहरू ढुवानी गर्ने राजमार्ग छ ।
तर, हालैका वर्षहरूमा यस क्षेत्र बाहिरका कम्पनीहरूको नेतृत्वमा निर्माण कार्यमा विस्फोट हुँदा पानी र विद्युत् स्रोतहरूमा दबाब सिर्जना गरेको छ र फोहोर बढाएको छ ।
“यदि हामीले तिनीहरूलाई यस्तो गतिमा होटलहरू निर्माण गर्न दियौँ भने त्यहाँ कङ्क्रिटको जङ्गल हुनेछ”, गिलगिट–बाल्टिस्तान वातावरण संरक्षण प्राधिकरणका वरिष्ठ अधिकारी खादिम हुसेनले शुक्रबार एएफपीलाई भन्नुभयो, “मानिसहरू यहाँ कङ्क्रिट हेर्न आउँदैनन्; मानिसहरू यहाँ प्राकृतिक सौन्दर्यको आनन्द लिन आउँछन् ।”
गत महिना एक विदेशी पर्यटकले इन्स्टाग्राममा पोस्ट गरेको एउटा भिडियो तुरुन्तै भाइरल भयो । भिडियोमा हुन्जाका लागि ताजा पानीको स्रोतका रूपमा काम गर्ने अट्टाबाद तालमा होटलले फोहोर पानी छोडेको आरोप लगाइएको थियो ।
अर्को दिन अधिकारीहरूले होटललाई पाँच हजार डलरभन्दा बढी जरिवाना गरे ।
हुन्जा उपत्यकाका राजनीतिक कार्यकर्ता एवं बासिन्दा आसिफ सखीले प्रतिबन्धलाई स्वागत गर्नुभयो ।
“हामीले पर्यटन र विकासका नाममा द्रुत परिवर्तनहरू देखेका छौँ”, उहाँले भन्नुभयो, “होटल निर्माणले हाम्रो प्राकृतिक ताल र नदीहरूलाई नष्ट गरिरहेको छ ।”
होटल प्रबन्धक तथा उपत्यकाका स्थानीय बासिन्दा शाह नवाजले पनि ‘वातावरण र प्राकृतिक सौन्दर्यको रक्षा गर्नु सबैको जिम्मेवारी हो’ भन्ने विश्वास राख्दै प्रतिबन्धको प्रशंसा गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै