३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा निषेधाज्ञा जारी, केही खुकुलो पारीयो

१५ भाद्र २०७२, मंगलवार ०१:०८

प्रभात सुवेदी । भदौ १५, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको सदरमुकाम गुलरिया र राजापुर नगरपालीकाका केहि स्थानमा अर्को आदेश जारी नभए सम्मका लागि जारी गरेको निषेधाज्ञा निरन्तर रहेको छ । थरुहट/थारुवान र मधेशी मोर्चाको आन्दोलनको कारण हुन सक्ने तनावलाई नियन्त्रण लागू गरिएको निषेधाज्ञाको दायरा भने केही घटाइएको छ ।

निषेधाज्ञा जारी गरिएको स्थानमा धर्ना, जुलुस र सभा गर्न, कुनै पनि घरेलु हातहतियार , विस्फोटक पदार्थ बोतल तथा कुनै भाडामा पेट्रोल, डिजल जस्ता ज्वलनशिल पदार्थहरु साथमा लिएर हिड्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुवरले जानकारी दिनुभयो । यो आदेशको उल्लंघन गर्नेलाई प्रहरीले तुरुन्त पक्राउ गरी कानुन बमोजिम कारवाही चलाउने र यदि यो नियम बर्खिलाप गरी विना स्वकृति आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले गोलि समेत चलाउन सक्ने प्रजिअ कुँवरले बताउनु भयो ।

बर्दियाको सदरमुकाम गुलरियाको पूर्वमा निलो आयल पेटोल पम्प, पश्चिममाः बसपार्क हुदै राधाकृष्ण चोकको दक्षिण भागसम्म दक्षिणमाः भन्सार रोड जाने शिवालय चोक, जिल्ला कृषि विकास उत्तरमाः मिलनचोक, कृषि विकास बैक चोक, सन्तोषी मन्दिर चोकमामा भन्सार रोड जाने शिवालय चोक , जिल्ला कृषि विकास कार्यलय सम्म विहान ११ बजे देखि साँझ ६ बजे सम्म निषेधाज्ञा जारी गरिएकोे छ ।
यसैगरीे राजापुर नगरपालीकाको पूर्वमा मुरकट्टा नाला, पश्चिममा इलाका वन कार्यालय, उत्तरमा राजापुर चोक र दक्षिणमा सिनेमा हलमा विहान ११बजेदेखि साँझ ६बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।

जारीआन्दोलनलाई ध्यानमा राखि यस बाट हुन सक्ने अराजक, हिंस्रक, झडपको स्थिति, विभिन्न स्थानहरुमा बन्द, घेराउ, तालाबन्दी, तोडफोड जस्ता हुल दंगा, अशान्ति र हिंस्रक क्रियाकलाप हुन सक्ने सम्भावना भएकोले सर्वसाधरणको जीउधनको सुरक्षाको साथै शान्ति, सु–व्यवस्था र सार्वजनिक अमन चयन, सहिष्णुता, पारस्पारिक सद्भाव र भाईचारा कायम राख्न अति आवश्यक देखिएको भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली