२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सडकमा बसेर खुद्रा व्यापार गर्दै बझाङकी वादी महिलाहरु

२०७४, २७ भाद्र मंगलवार १०:५६

मकरराज धामी/भदौ २७, बझाङ । समाजले घृणित ठानेको यौन व्यवसाय गरेर आफ्नो गुजरा चलाई रहेका बझाङकी वादी महिलाहरु आफ्नो पेशा लाई परिवर्तन गरि रहेका छन् । 

बझाङ चैनपुरकि राधा बादी अहिले सडकमा खुद्रा सामान बेचि रहेकी भेटिन्छीन । उनले अहिले सडक व्यापार बाट मनग्य आम्दानी गर्दै आएकि छिन् । यौन पेशामा लाग्दा लाग्दै दिक्क भएर जीवन चलाउन केही दुःख गर्नु पर्छ भन्ने सोचका साथ आफुले सडक पेटीमा खुद्रा व्यापार गर्न थालेकी उनको भनाई छ । समाजले बादी समुदायलाई हेर्ने हेपाहा दृष्टिकोण र यौन व्यवसायले छोराछोरीमा पर्ने असरका बारेमा बुझेपछि राधाले यौन व्यवसाय छोडेर सडकमा खुद्रा व्यापार गर्न लागेकी हुन् । 

सदरमुकाम चैनपुरको खुलामञ्चमा खुद्रा सामान बेच्दै राधा बादी । तस्विर: मकररमज धामी  

छोरा छोरीले यो पेशा छोडि दिनु साथिहरुले पनि हामीलाई नराम्रो भन्छन् भनेर दुखेसो गर्न थाले । छोरा छोरी पनि बुझ्ने भैसकेकाले अव हामीले यस्तो काम नछोडे उनिहरु पनि यस्तै सिक्छन भन्ने लाग्यो । खेतवारी गरेर जिवन गुजार्न जमिन छैन । त्यही भएर यहां आएर सडकमा खुद्रा व्यापार गरेर वसेकी हुं उनले भनिन् । 

पहिले विद्यालयमा साथीहरुले आमाको बारेमा नानाथरी कुरा गथ्र्ये, कहि कतै झगडा भए व्यस्याका सन्तान भन्थे तर आजभोली कुरा गर्न छाडेका छन् राधाकी छोरी सरिता वादीले भनिन । अरुको तुलनामा केही प्रगतिशिल काम गर्न रुचाउने राधाले बादी समुदायका अन्य महिलालाई पनि यौन व्यवसाय छोडेर बैकल्पीक व्यवसायमा लाग्न सल्लाह दिने गरेको स्थानिय हरिना बादीले बताइन । 

राधाले सदरमुकाम नजिकैको खुलामञ्चमाको पिपल चौतारोमा फलफुल संगै खुद्रा व्यापार थालेकी छिन् । पसलमा आफैले घरमा बनाएको माटोको सुल्पा देखि केरा, स्याउ, दाल, बिस्कुट, चकलेट, चुरोट, गुटखा लगायत दैनिक उपभोग्य सामान राखेकी छन् । 

उनले व्यापारबाट  दैनिक २ सय देखि ५ सय रुपैयासम्म कमाउने गरेकी छिन् । यौन व्यवसाय गर्दा ग्राहकले दिने दुख र  गाली गर्दाको क्षण सम्झदै राधाले भनिन सबै भन्दा खुशीको कुरा नर्कबाट मुक्ती पाएकी छु । अहिले आफुलाई ग्राहकले गरेको व्यवहार देख्दा आफुलाई सम्मान गरेको अनुभुति पाई रहेको उनको भनाई छ । 

पैशा मात्र ठुलो कुरा रहेन छ । पेट त जसरी पनि पाल्न सकिदो रहेछ’ आफुले यो व्यवसाय छोडे पछि अन्य बादी महिलाहरु लाई समेत यसको प्रभाव परेको उनले बताईन । अहिले केहि वादी महिलाहरुले कुखरा र बंगुर पालन गरिरहेको समेत उनले बताईन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला