२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सडकमा बसेर खुद्रा व्यापार गर्दै बझाङकी वादी महिलाहरु

२७ भाद्र २०७४, मंगलवार १०:५६

मकरराज धामी/भदौ २७, बझाङ । समाजले घृणित ठानेको यौन व्यवसाय गरेर आफ्नो गुजरा चलाई रहेका बझाङकी वादी महिलाहरु आफ्नो पेशा लाई परिवर्तन गरि रहेका छन् । 

बझाङ चैनपुरकि राधा बादी अहिले सडकमा खुद्रा सामान बेचि रहेकी भेटिन्छीन । उनले अहिले सडक व्यापार बाट मनग्य आम्दानी गर्दै आएकि छिन् । यौन पेशामा लाग्दा लाग्दै दिक्क भएर जीवन चलाउन केही दुःख गर्नु पर्छ भन्ने सोचका साथ आफुले सडक पेटीमा खुद्रा व्यापार गर्न थालेकी उनको भनाई छ । समाजले बादी समुदायलाई हेर्ने हेपाहा दृष्टिकोण र यौन व्यवसायले छोराछोरीमा पर्ने असरका बारेमा बुझेपछि राधाले यौन व्यवसाय छोडेर सडकमा खुद्रा व्यापार गर्न लागेकी हुन् । 

सदरमुकाम चैनपुरको खुलामञ्चमा खुद्रा सामान बेच्दै राधा बादी । तस्विर: मकररमज धामी  

छोरा छोरीले यो पेशा छोडि दिनु साथिहरुले पनि हामीलाई नराम्रो भन्छन् भनेर दुखेसो गर्न थाले । छोरा छोरी पनि बुझ्ने भैसकेकाले अव हामीले यस्तो काम नछोडे उनिहरु पनि यस्तै सिक्छन भन्ने लाग्यो । खेतवारी गरेर जिवन गुजार्न जमिन छैन । त्यही भएर यहां आएर सडकमा खुद्रा व्यापार गरेर वसेकी हुं उनले भनिन् । 

पहिले विद्यालयमा साथीहरुले आमाको बारेमा नानाथरी कुरा गथ्र्ये, कहि कतै झगडा भए व्यस्याका सन्तान भन्थे तर आजभोली कुरा गर्न छाडेका छन् राधाकी छोरी सरिता वादीले भनिन । अरुको तुलनामा केही प्रगतिशिल काम गर्न रुचाउने राधाले बादी समुदायका अन्य महिलालाई पनि यौन व्यवसाय छोडेर बैकल्पीक व्यवसायमा लाग्न सल्लाह दिने गरेको स्थानिय हरिना बादीले बताइन । 

राधाले सदरमुकाम नजिकैको खुलामञ्चमाको पिपल चौतारोमा फलफुल संगै खुद्रा व्यापार थालेकी छिन् । पसलमा आफैले घरमा बनाएको माटोको सुल्पा देखि केरा, स्याउ, दाल, बिस्कुट, चकलेट, चुरोट, गुटखा लगायत दैनिक उपभोग्य सामान राखेकी छन् । 

उनले व्यापारबाट  दैनिक २ सय देखि ५ सय रुपैयासम्म कमाउने गरेकी छिन् । यौन व्यवसाय गर्दा ग्राहकले दिने दुख र  गाली गर्दाको क्षण सम्झदै राधाले भनिन सबै भन्दा खुशीको कुरा नर्कबाट मुक्ती पाएकी छु । अहिले आफुलाई ग्राहकले गरेको व्यवहार देख्दा आफुलाई सम्मान गरेको अनुभुति पाई रहेको उनको भनाई छ । 

पैशा मात्र ठुलो कुरा रहेन छ । पेट त जसरी पनि पाल्न सकिदो रहेछ’ आफुले यो व्यवसाय छोडे पछि अन्य बादी महिलाहरु लाई समेत यसको प्रभाव परेको उनले बताईन । अहिले केहि वादी महिलाहरुले कुखरा र बंगुर पालन गरिरहेको समेत उनले बताईन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ