2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आन्दोलन समाधानमा एमालेको पहल

प्रभात सुवेदी । भदौ १७, बर्दिया ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बर्दियामा विगत तीन सातादेखि जारी आन्दोलनका क्रममा गरिएको बन्द, हड्तालको समाधानका लागि पहल गर्ने भएको छ ।

नेकपा एमाले बर्दियाले मंगलबार बसेका बैठकका निर्णहरुलाई प्रेस विज्ञप्तिका रुपमा सार्वजनिक गर्दै यस्तो कुरा उल्लेख गरेको हो । अध्यक्ष हरि ज्ञवालीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सिमांकन तथा पहिचानको सम्बोधन हुन नसकेको भनी थारु समुदायबाट व्यक्त गरिएको असन्तुष्टीका कारण आन्दोलित भएका र यसका लागि केन्द्रमा पहल गरिएको छ ।’ साथै जारी लामो वन्द हड्ताल तथा आन्दोलनका कारण बर्दियाको जनजीवन अस्तव्यस्त र कष्टकर बनेको छ । आर्थिक सामाजिक र मानवीय गतिविधिहरु ठप्प भएका छन् । त्यसैले आन्दोलनरत पक्षलाई पनि आन्दोलन स्थगन गरी वार्तामा आउनको लागि अनुरोध समेत गरिएको छ ।

साथै विज्ञप्तिमा बर्दिया राष्ट्रिय निकुञ्जका कार्यालयहरु ठाकुरद्वाराबाट राष्ट्रिय निकुञ्जको भित्री भाग लालमटियामा सार्ने प्रकृयाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यसरी हठात स्थानान्तरण गरिँदा पर्यटकिय स्थल ठाकुरद्वाराको सामाजिक, आर्थिक क्षेत्रमा असर पर्ने भन्दै तत्काल यो प्रकृया स्थगन गरी ठाकुरद्वारा रहेका कार्यालयहरु यथावत राख्न समेत जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई