Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बंगलादेशमा विमान दुर्घटना,स्कुल तथा कलेजको भवनमा खसेको

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बंगलादेशमा वायु सेनाको एफ ७ विमान राजधानी ढाको उत्तरामा सोमबार दुर्घटना भएको छ । विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको हो ।

सरकारी अधिकारीहरूले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको जानकारी दिएका छन् । हाल उद्धारको काम जारी रहेको छ ।

अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुममा ड्युटी अफिसर लिमा खनामले स्थानीय समयअनुसार १ बजेर १८ मिनेट जाँदा दुर्घटनाबारे पहिलो जानकारी आएको बताए ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोहरूमा धेरै मानिसहरुलाई घाइते अवस्थामा उद्धार गरिएको देखिएको छ । उनीहरूलाई उत्तरा आधुनिक हस्पिटल लगायत अन्य अस्पतालमा लगिएको छ ।

डेप्युटी कमिस्नर अफ पुलिस मुहिदुल इस्लामले एउटा प्रशिक्षण विमान दुर्घटना भएको र हाल उद्धार कार्य जारी रहेको जानकारी दिए ।