३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मोहनले बनाए नयाँ नेपाल

१९ भाद्र २०७२, शनिबार ०७:०३

प्रभात सुवेदी/भदौ १९, बर्दिया । मुलुकमा अस्थिरता बढ्दै गएको छ, संघीयता अर्थात राज्यको पुर्नसंरचनामा चित्त नबुझेर विभिन्न भाषिक तथा जातिय सम्प्रदायहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन हिंसात्मक बनिरहेको छ ।

unnamed

दर्जन बढी व्यक्तिहरुको ज्यान गैसकेको छ । तर पनि कहिले बन्ने हो नयाँ नेपाल अनि नयाँ संविधान ? तर बर्दियाका एक शिक्षकले बनाएका छन् नयाँ नेपाल । सधैं अध्ययन र अध्यापन कार्यामा व्यस्त रहने बर्दियाली शिक्षक मोहनसिंह थापाको प्रथम व्यङ्ग्य कृति नयाँ नेपालको सदरमुकाम गुलरियामा शनिबार लोकार्पण गरिएको छ ।

कृष्णसार पाठक मञ्च र बर्दियाली साहित्य समाजको आयोजनामा थापाको कृति लोकार्पण गरिएको हो । कृतिको लोकार्पण प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवर, बर्दियाली साहित्य समाजका अध्यक्ष ईन्द्रराज पौडेल र कृष्णसार पाठक मञ्चका सचिव मुकुन्द सुवेदीले गर्नुभएको हो ।

unnamed (1)
कृति लोकार्पण पश्चात शुभकामना दिँदै बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले साहित्य सिर्जना सधैं निराशावाद उन्मुख हुनुभन्दा आशावादी पनि हुनुपर्ने कुरा औंल्याउँदै कृतिकारको प्रयासको सह्राना गर्दै आगामी दिनमा अझै समाजको सकारात्मक रुपान्तरणको लागि अर्को कृति ल्याई साहित्यिक मार्गलाई निरन्तरता दिनका लागि शुभकामना दिनुभयो ।

कृतिमाथीको समिक्षात्मक टिप्पणी गर्दै साहित्यिक व्यक्तित्व प्रमोदकुमार तिमिल्सिनाले यो कृति हरेक विषयवस्तुहरु समेटिएर लेखिएको हुनाले अत्यन्तै उत्कृष्ट भएको बताउनुभयो । कृतिकार मोहनसिंह थापाले आफू फरक परिवेशबाट हुर्केको र जातिय विविधताको अनुभव भएकोले यही प्रसंगबाट प्रेरित भएर यो कृति तयार गरेको बताउनुभयो ।

कार्यक्रममा बर्दियाली साहित्य समाजका सचिव हरिहर शर्मा आचार्य, दलित सेवा संघका भिमलाल विश्वकर्मा, नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष एवम् बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद धितालले कृतिको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

बर्दियाली साहित्य समाजका अध्यक्ष कवि ईन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कृष्णसार पाठक मञ्चका सदस्य बामदेव ज्ञवालीले स्वागत गर्नुभएको थियो ।

विभिन्न क्षेत्रका विद्धत व्यक्तित्वहरु, पत्रकार, शिक्षक लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । लोकार्पण कार्यक्रमको लगत्तै कृष्णसार पाठक मञ्चको सातौं श्रृंखला सचिव मुकुन्द सुवेदीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली