भास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । 

भीमदत्त नगरपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । 

भीमदत्त नगरपा"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा छाडा पशु चौपायाको तथ्याङ्क संकलन शुरु

२७ भाद्र २०७४, मंगलवार १२:२५


भास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । 

भीमदत्त नगरपालिका–१८ सालघारीबाट छाडा पशु चौपायामा ट्याक लगाउदै तथ्याङ्क संकलन गरिएको छ । छाडा पशु चौपायाको शरिरमा प्रमानेन्ट रङ्ग लगाएर गणना गरिदै छ ।

जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका प्रमुख डा. मदन सिह धामीले छाडा पशु व्यवस्थापनका लागि तथ्याङ्क संकलन भईरहेको बताए । दुधाल’, थारा, कोरेली, बहर, बाच्छा, बाच्छीको छुट्टा छुट्टै तथ्याङ्क संकलन भईरहेको बताए । छाडा पशुको अत्यधिक समस्या भएको बताउदै उनले पशु व्यवस्थापनका लागि सर्वप्रथम डाटा चाहिने हुँदा एक हप्ता भित्र तथ्याङ्क संकलन कार्य सकेर एकिन तथ्याङ्क भएपछि व्यवस्थापनको योजना निर्माण गर्न सकिने समेत बताउनुभयो । 

पछिल्ला बर्षहरुमा कञ्चनपुरमा छाडा पशु चौपायाका कारण सर्वसाधारण हैरान भएका छन् । राजमार्गदेखि किसानको खेतबारीसम्म छाडा पशुले आतङ्क मच्चाउँदा समस्या बढेको छ । राजमार्ग बजार क्षेत्रमा फोहोरका साथै दुर्घटना भईरहेका छन्, भने गाउँमा किसानको पाक्नै लागेको अन्नबाली नष्ट गरिदिदा किसान मारमा परेका छन् । छाडा पशु चौपायाका कारण कञ्चनपुर आक्र्रान्त बन्दै गईरहेका बेला कञ्चनपुरका स्थानीय तहले बजेट समेत विनियोजन गरेको छ । 

जिल्लाका दुई गाउँपालिका सहित ७ वटै नगरपालिकाले पहिलो गाउँ/नगर परिषद्बाटै बजेट विनियोजन गरेर छाडा पशु चौपाया व्यवस्थापनमा योजना अघि सारेका छन् । पुर्व पश्चिम महेन्द्र राजमार्गका संगै जोडिएका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले संयुक्त ? रुपमा छाडा पशु चौपया व्यवस्थापनमा सहमत भएका थिए । राजमार्ग क्षेत्रमा छाडा पशु चौपायाका कारण दिनहुँ दुर्घटना निम्तिएकाले चार वटै नगरपालिकाले संयुक्त रुपमा छाडा पशु व्यवस्थापनमा एकमत भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ