भदौ २२, बर्दिया । जिल्ला शिक्षा समिति बर्दियाले सदरमुकाम गुलरिया स्थित जिल्ला विकास समितिको सभाहलमा ३६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसमा आयोजना गरिएको कार्यक्रमलाई बहिस्कार गर्दै जिल्लास्थित विभिन्न शिक्षाका पेशागत संघ संगठनहरुले शिक्षक महासंघको समन्वयमा अलग्गै मनाएका छन् ।
यसपटक विभिन्न विधामा प्रदान गरिने सम्मान तथा पुरस्कारहरु समेत शिक्षकहरुले बहिस्कार गरेका छन् । सदरमुकाम गुलरिया स्थित श्री वगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालयमा आयोजित सभामा बोल्ने अधिकांश शिक्षक संघ संगठनका नेताहरुले विगतमा भएमा सम्झौताहरुको कार्यान्वयन नगरिएको, वर्तमान संविधानको मस्यौदाको अनुसूची ७ को ९ मा समावेश गरिएको वुँदा र नालायक शिक्षा मन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।
साथै शिक्षा अधिकार र कर्तव्यका लागि हुनेपर्ने, निजामती सेवाका व्यक्तिहरुले आफ्नो कार्यविधी आँफै बनाउने तर शिक्षकहरुका ऐन नियमहरु शिक्षकहरुले बनाउन नपाउनृृे भएकाले यसका लागि दवाव दिन र एकता र सहकार्यमा जोड दिनका लागि यो आन्दोलनको कार्यक्रम घोषणा गरीएको शिक्षक संगठनका जिल्ला अध्यक्ष लोकमणि आत्रेयले बताउनुभयो ।
यसैगरी शिक्षक महासंघ केन्द्रिय उपमहासचिव ज्ञानेन्द्र रावलले हामीलाई पनि सरकारी कार्यक्रममा गएर मेडल थाप्न मन थियो तर हामीले यो कार्यक्रमको आयोजना गर्नु रहर नभएर बाद्यता भएको वता%