2026-07-24 09:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताए

काठमाडौँ | उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले अब भण्डारीको सदस्यता पनि नवीकरण नहुने र सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका हुन् ।

उनले भने- ‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीभित्र र बाहिरसमेत व्यापक चर्चा भयो, पार्टीभित्र पनि यसबारेमा व्यापक छलफल गरी उहाँ पूर्वराष्ट्रपतिकै हैसियतमा रहनुपर्छ भन्ने एमालेले निष्कर्ष निकालेको हो ।’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यादेवी भण्डारीले एमाले पार्टीका लागि विगतमा गरेको योगदानको कदर स्वरूप दुई-दुई कार्यकाल राष्ट्रपति बनाएको स्मरण गर्दै अब पनि पूर्वराष्ट्रपतिकै हैसियतमा मुलुकको अभिभावक बनेर संविधानको संरक्षक भएर बस्नुपर्ने बताए।

उनले राष्ट्रपति बनेपछि भण्डारी आफैले पार्टी सदस्यता त्याग गरेकोले पार्टीको विधानले समेत उनको सदस्यता नवीकरण गर्न नमिल्ने तर्क गरे । उनले संविधानको रक्षा र संरक्षणको अभिभारा लिइसकेको व्यक्ति फेरि एउटा पार्टीको सदस्य बनेर राजनीतिमा फर्किनुहुँदैन भनेर नै पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक