२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शिक्षक महासंघले मनायो छुट्टै शिक्षा दिवस

२२ भाद्र २०७२, मंगलवार ०५:३२

भदौ २२, बर्दिया । जिल्ला शिक्षा समिति बर्दियाले सदरमुकाम गुलरिया स्थित जिल्ला विकास समितिको सभाहलमा ३६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसमा आयोजना गरिएको कार्यक्रमलाई बहिस्कार गर्दै जिल्लास्थित विभिन्न शिक्षाका पेशागत संघ संगठनहरुले शिक्षक महासंघको समन्वयमा अलग्गै मनाएका छन् ।
यसपटक विभिन्न विधामा प्रदान गरिने सम्मान तथा पुरस्कारहरु समेत शिक्षकहरुले बहिस्कार गरेका छन् । सदरमुकाम गुलरिया स्थित श्री वगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालयमा आयोजित सभामा बोल्ने अधिकांश शिक्षक संघ संगठनका नेताहरुले विगतमा भएमा सम्झौताहरुको कार्यान्वयन नगरिएको, वर्तमान संविधानको मस्यौदाको अनुसूची ७ को ९ मा समावेश गरिएको वुँदा र नालायक शिक्षा मन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।

 

 

साथै शिक्षा अधिकार र कर्तव्यका लागि हुनेपर्ने, निजामती सेवाका व्यक्तिहरुले आफ्नो कार्यविधी आँफै बनाउने तर शिक्षकहरुका ऐन नियमहरु शिक्षकहरुले बनाउन नपाउनृृे भएकाले यसका लागि दवाव दिन र एकता र सहकार्यमा जोड दिनका लागि यो आन्दोलनको कार्यक्रम घोषणा गरीएको शिक्षक संगठनका जिल्ला अध्यक्ष लोकमणि आत्रेयले बताउनुभयो ।

यसैगरी शिक्षक महासंघ केन्द्रिय उपमहासचिव ज्ञानेन्द्र रावलले हामीलाई पनि सरकारी कार्यक्रममा गएर मेडल थाप्न मन थियो तर हामीले यो कार्यक्रमको आयोजना गर्नु रहर नभएर बाद्यता भएको वताउनुभयो । शिक्षक यूनियन बर्दियाका निवर्तमान अध्यक्ष नवराज ढुङ्गानाले शिक्षकको अस्थायी सेवाको वाद्यकारी अवस्थाको अन्त हुनेपर्ने बताउँदै हाम्रा कुरा सुनियोस भनेर सरकारको कार्यत्रम बहिस्कार गरेको बताउनुभयो ।
शिक्षक महासंघका केन्द्रिय सदस्य युगलकिशोर मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान