२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

५० जना यात्रु बोकेको रुसी विमान बेपत्ता

९ श्रावण २०८२, बिहीबार १४:००

काठमाडौँ | रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रु विमान हराएको छ ।

रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।

विमानमा पाँच बालबालिका र ६ चालक दलका सदस्यसहित ४३ जना रहेको खुलेको छ । “विमानको खोजीका लागि सबै स्रोत परिचालन गरिएको छ,” क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममा भनेका छन् ।

रोयटर्सका अनुसार, आपत्‌कालीन मन्त्रालयले विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

दोस्रोपटक अवतरण प्रयासको क्रममा विमान हराएको समाचारमा उल्लेख छ । विमानले पहिलोपटक टिन्डा विमानस्थलमा गरेको अवतरण प्रयास असफल भएको थियो ।

“अंगारा एयरलाइन्सको एन–२४ ले टिन्डा विमानस्थल नजिकैको तोकिएको चेकपोइन्टमा सम्पर्क गर्न असफल भयो,” स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले भनेको छ ।

टिन्डा मस्कोबाट करिब ६ हजार ६०० किलोमिटर पूर्वमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य