२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको बजेट ३९ करोड ४४ लाख

२०७४, २८ भाद्र बुधबार ०९:१६

इमरान खान। भादौ २८, कपिलवस्तु। कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकाको प्रथम गाउँ सभा तथा परिषद लवनिमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि कुल बजेट रकम ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ ।


सो मध्ये पुजिगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ ६ करोड १८ लाख ७८ हजार ३ सय ९१ रुपैयाँ बराबरको रकम विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उक्त बजेट गाउँ सभामा प्रस्तुत तथा पारित गरेका हुन ।

साथै गाउँपालिकाको कार्य सम्पादनलार्ई पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास जस्ता नीति तथा कार्यक्रमसमेत पारित गरेको समेत खांले बताए । लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम पारित भएका छन । कार्यालय व्यवस्थापनको जग्गाको छनौट, खुल्ला दिसामुक्त गाउँपालिका घोषणा जस्ता कार्यहरु तय भएको उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन ।

गाउंपालिकाका अध्यक्ष निसार अहमद खांको अध्यक्षता वडासचिव इश्वरी प्रसाद न्यौपानेको संचालन र वडा अध्यक्ष मनोज यादवको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठन देखि हालसम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत अन्नतपाणी मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी