2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नेताका कुरा : बाहिर एउटा घरमा अर्कै

प्रभात सुवेदी, भदौ २७, बर्दिया । मगरागाडी जयनगर बजारमा शनिवार हिन्दु महिलाहरुको महान पर्व हरीतालीका तिजको अवसर पारी प्रतियोगितात्मक तीज गीत एवं नृत्य प्रतीयोगीतामा महिलाहरुले पुरुष मर्दा महिलाले सेतो कपडा लाउने, महिला मर्दा पुरुषले अर्की श्रीमती ल्याउने जस्ता महिला हिँसा विरुद्ध गित संगै मन्त्रिले महिला हिँसा विरुद्ध बोल्ने तर आफेनै घरमा महिला हिँसा गरेको विषयमा अभिनयसगै सहभागी वाल कलाकारले नाटकीय रुपमा समेत प्रस्तुति देखाएका थिए ।

teej 1

९ वटा समुहको सहभागीता रहेको यो प्रतियोगितामा तीज गीत कार्यक्रम चन्द्रतारा आमा समुह र जय माँ दुर्गा सामुदायिक अध्ययन केन्द्र मगरागाडीको आयोजनामा स्थानिय संघ संस्था एवं व्यापारीहरुको आर्थिक सहयोगमा भएको हो ।

teej 2

तिज गीत कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ बर्दियाकी अध्यक्ष कमला ज्ञवालीको प्रमुख आतिथ्यता जिल्ला अदालतका शाखा अधिकृत धनसिँह गिरीको विशीष्ट आतिथ्यता र प्रतियोगिताका संयोजक झग बहादुर ओलीको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतियोगितामा द भ्वाईस एकेडेमी मगरागाडी प्रथम, पेट्रियट इंलिस स्कूल दोस्रो, अंशुवर्मा उच्च मा.वि. तेस्रो र मिर्मिरे महिला समूह सान्त्वना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई