काठमाडौँ | बलिउड अभिनेता सलमान खानले हालै आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा पोस्ट गरेका थिए | त्यसमा उनले आफ्ना पिताले भनेको कुरा नमानेकोले पछुतो लागेको बताएका छन्| उनले भने बुवाले भनेको कुरा समयमै आत्मसाथ /स्वीकार नगर्दा गल्ति गरेको महसुस गरेको भनेका हुन् | गल्तिहरुको समयमै आत्मालोचना नगर्दा ति गल्तिहरु आफ्नो दैनिकी बनेको उनले भने |
यी र यस्ता थुप्रै गल्तिहरुको कारणले गर्दा ‘वर्तमान हाम्रो विगत बन्छ र विगत हाम्रो भविष्य बन्छ| वर्तमान एउटा उपहार हो, त्यसैले यसलाई राम्रोसँग प्रयोग गर्नुपर्छ । बारम्बार दोहोर्याउँदा गल्तीहरू बानी बन्छ, र त्यसपछि यो पात्र बन्छन् । अरू कसैलाई दोष नदिनुस् । तपाईंले गर्न नचाहेको काम गर्न कसैले पनि जबरजस्ती गर्न सक्दैन । मेरो बुबाले मलाई यही भनेका थिए र यो एकदमै सत्य हो । मैले यो पहिले नै सुनेको थिए, तर अब अझै पनि ढिलो भएको छैन ’ उनले भने |
सलमान खान आफ्ना पिता सलिम खानसँग निकै नजिक छन् । तर, एक समय यस्तो थियो जब सलमानको अभिनेता बन्ने इच्छा सुनेपछि सलिम खानले उनलाई गधा नै भनिदिए । पिता सलमानलाई अभिनेता होइन, क्रिकेटर बनाउन चाहन्थे ।
यसका लागि सलिमले पाकिस्तानका महान् क्रिकेटर सलिम दुर्रानीलाई सलमानको प्रशिक्षक बनाएका थिए । सलमानलाई क्रिकेटमा रुचि थिएन । तर उनी राम्रो खेल्थे । एक दिन उनको बुबा उनको खेल हेर्न रङ्गशालामा आए ।उनले आफूले राम्रो खेले भने सधैँभरि क्रिकेट नै खेल्नुपर्छ भन्ने उनलाई थाहा थियो । यही सोचेर पिता आफ्नो खेल हेर्न आएको दिनमा उनले जानी जानी नराम्रो खेले । उनको प्रदर्शन यति खराब थियो कि उनलाई क्रिकेटको प्रशिक्षणबाट हटाइयो ।
केही समयपछि सलमानले १९८९ को फिल्म ‘बिवी हो तो ऐसी’ बाट आफ्नो अभिनय करियर सुरु गरे । सलमानलाई फिल्ममा उनको अभिनय मनै परेन । उनी आफैँ आफ्नो फिल्म फ्लप होस् अनि कसैले नहेरोस् भन्ने कामना गरिबस्थे ।
पहिलो फिल्मबाट असन्तुष्ट सलमानले आफ्ना बुबा सलिम खानलाई फिल्म बनाएर आफूलाई पुनः लन्च गर्न अनुरोध गरे । छोराको यस अनुरोधमा पिताको जवाफ यस्तो थियो– ‘‘इन्दोरबाट मुम्बई आएपछि मैले कहिल्यै घोडामा त पैसा लगानी गरिन, गधामा म कसरी लगानी गर्न सक्छु ?’
तर, केही समयपछि सलमान खानले सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’मा काम पाए । यो फिल्मले उनलाई रातारात स्टार बनायो । हालै सलमानको फिल्म सिकन्दर यसै वर्ष रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । अब सलमान चाँडै फिल्म ब्याटल अफ गलवानमा देखिँदैछन् ।