2026-07-11 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

संविधान जारीको खुसीयालीमा बर्दियामा विविध कार्यक्रमहरु गरिने

प्रभात सुवेदी/असोज १, बर्दिया । जिल्लास्थित विभिन्न राजनैतिक दलहरु, जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुखहरु, कानुन व्यवसायी, उद्योगी व्यापारीहरु, बुद्धिजिवी, नागरिक समाज, पत्रकार, महिला, जेष्ठ नागरिक, तेस्रो लिङ्गी, विद्यार्थीहरु लगायतको सर्वपक्षीय भेलाले असोज ३ गते संविधान जारी भएपछि विविध कार्यक्रम गरी खुसियाली मनाउने निर्णय गरेको छ ।

ba

जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा आज आयोजित कार्यक्रममा सहभागीहरुले राज्यले निर्धारण गरेको कार्यक्रम अनुसार असोज ३ गते साँझ दीपावली गर्ने र ४ गते खुसियाली सभाको आयोजना गर्ने सहमति भएको छ ।

त्यसैगरी विभिन्न सरकारी निकायका प्रमुखहरुले आ–आफ्ना मातहतका कार्यालयहरुमा सो अनुसार निर्देशन गर्नका लागि प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी गराउनुभयो ।

ba2

यसैबीच संघियताको विरोध गर्दै आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले भने असहमति रहेको संविधानको धारा जलाउने कार्यक्रम राखेको संघर्ष समितिका सदस्य हरिहर थारुले बताउनु भयो ।

संविधान जारी हुने दिन वा भोलीपल्ट सरकारले सार्वजनिक विदा दिएकोले आम जनसमुदायलाई एक भएर खुसीयाली मनाउनका लागि आह्वान गरिएको छ । साथै, कुनै पनि खुसीयाली समारोह आयोजना गर्नुपूर्व स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउन समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस