2026-09-05 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्पले बालकलाई होइन, बालकले सर्पलाई टोके!डाक्टर पनि परे अचम्ममा

काठमाडौँ | भारतको बिहारमा बिहीबार एक वर्षे बालकले सर्पलाई टोकेर मारेको घटना अहिले संसारभर चर्चा पाएको छ। गोमनको टोकाइबाट मानिसको मृत्यु भएको समाचार आइरहने समयमा बालकको टोकाइबाट गोमनको मृत्युको समाचारले आश्चयर्म पार्नु स्वाभाविक थियो। यस्तै आश्चर्यमा परेका थिए, गोविन्द कुमारको उपचार गर्ने डाक्टर कुमार सौरभ।

सर्प दंशका बिरामी आउने समयमा सर्प टोकेको व्यक्ति आएको उक्त दिनको घटनाको बारेमा शौरभले यसरी वर्णन गरेका छन्।

‘मेरोमा त्यही बेला दुई प्रकारका केस थिए, एक जना बालक जसलाई कोब्राले टोकेको थियो, र अर्को जसले कोब्रालाई टोकेको थियो,’ बेतियाको सरकारी मेडिकल कलेजमा शिशु रोग विभागका सहायक प्राध्यापक सौरभले भने, ‘दुवै जना अहिले पूर्ण रूपमा स्वस्थ छन्।’

बालक अस्पताल आउँदा मुख वरिपरि सुन्निएको अवस्थामा रहेको उनले सुनाए। ‘बालक जब अस्पतालमा भर्ना गरियो, उसको अनुहार विशेष गरी मुख वरिपरि सुन्निएको थियो,’ उनले थपे, ‘परिवारले बताएअनुसार उसले सर्पलाई मुखबाट टोकेको थियो र केही भाग खाएको पनि हुनसक्छ।’

डाक्टर सौरभले कोब्राले मानिसलाई टोकेको अवस्थामा विष रगतमा प्रवेश गर्दै नर्भस सिस्टमलाई असर पार्ने र मृत्युको सम्भावना बढाउने सुनाए। तर मानिसले कोब्रालाई टोक्दा विष मुखबाट पाचन प्रणालीमा जाने सुनाए। ‘तर जब मानिसले कोब्रालाई टोक्छ, विष मुखबाट पाचन प्रणालीमा जान्छ। हाम्रो शरीरले त्यो विषलाई निष्क्रिय पार्छ र त्यो शरीरबाट बाहिर निस्कन्छ,’ उनी बताउँछन्, ‘दुवै अवस्थामा विष काम गर्छ, तर प्रभाव फरक हुन्छ, एकमा नर्भस सिस्टममा असर गर्छ, अर्कामा शरीरले विषलाई निष्क्रिय पार्छ।’

यति हुँदाहुँदै पनि मानिसले सर्प टोक्दा नकारात्मक असर पर्न सक्नेतर्फ उनी थप सचेत गराउँछन्। ‘मानिसले सर्प टोक्दा नकारात्मक असर पनि पर्न सक्छ,’ उनी भन्छन्, ‘विशेष गरी यदि उसको पेट वा आन्द्रामा अल्सरजस्तो रक्तस्राव गर्ने भाग भएमा स्थिति बिग्रन सक्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ