2026-06-18 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हायूका परिवार बेपत्ताको अघिल्लो रहस्य : श्रीमान् पनि यसरीनै हराएका थिए,पछि जंगलमा हाडखोर भेटिए

काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ ।

जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले जानकारी दिए ।

 

स्थानीयबासीका अनुसार सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए । खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको कोइरालाले जानकारी दिए । अहिले बेपत्ता परिवारमा उर्मिलासहित उनका ६ जना छोरा, ६ वटी छोरी एक बुहारी र एकजना नातिनी रहेको पनि स्थानीयबासीले जानकारी दिए ।

 

हायू परिवारले वडा कार्यालयबाट तीन महिनाको सीमान्तीकृत भत्ता एकैपटक बुझेको पनि पाइएको बताए ।

‘साउन लागेपछि सीमान्तीकृत भत्तासम्बन्धी कार्ड नवीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि वडा कार्यालय गएका उनीहरुले यी १६ जनासहित बाहिर भएका दुईजनाको समेत भत्ता लिएको खुलेको छ,’ उनले भने ।

उनीहरुले तीन महिनाको भत्ता गरी करिब २ लाख १६ हजार एकैपटक बुझेको पाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु