2026-06-18 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

८.७ रेक्टरको भूकम्पले हल्लायो रुस , जापान–अमेरिकासम्म सुनामी चेतावनी

काठमाडौँ | रूसको कामचाट्का प्रायद्वीप नजिकै बुधवार बिहान ८.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ । रोयटर्सका अनुसार कामचाट्कामा ४ मिटर अग्ला सुनामी लहरहरू उठेका छन् । यसले गर्दा धेरै भवनहरूमा क्षति पुगेको छ । कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियोमार्फत के भनेका छन् भने यो भूकम्प दशकौँपछिको सबैभन्दा शक्तिशाली हो । उनले एक किन्डरगार्टन स्कूल पनि क्षतिग्रस्त भएको बताएका छन् ।

 

अमेरिकी भूगर्भीय सर्वेक्षण संस्थाका अनुसार भूकम्पको केन्द्र जमिनको १९ दशमलव ३ किलोमिटर गहिराइमा रहेको थियो । नेपाली समयअनुसार बिहान ५ः१३ बजे भूकम्प आएको जनाइएको छ । जापानी टेलिभिजनका अनुसार देशको पूर्वी किनारमा १ फिट अग्लो पहिलो सुनामी लहर पुगेको छ । यसै कारण जापानले फुकुशिमा परमाणु रिएक्टर खाली गराएको छ । भूकम्प जापानको चार ठूला टापुहरूमध्ये उत्तरमा पर्ने होक्काइडो टापुदेखि करिब २५० किलोमिटर टाढा थियो र जापानमा यसलाई हल्का मात्र महसुस गरिएको थियो ।

कामचाट्का र वरपरको स्थिति
कामचाट्काको उत्तरी कुरील्स क्षेत्रमा घरको छानो भत्किएको भिडियोमा देखिएको छ । गाडीहरू हल्लिएको र घरभित्रको सामान चलायमान भएको रिपोर्ट आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई टापुका लागि सुनामी चेतावनी दिएका छन् ।

यता, रूसको कामचाट्कातर्फ सुनामी लहरहरू अघि बढिरहेको समाचारमा जनाइएको छ । सेभेरो–कुरील्स्क सहरको बन्दरगाह र माछा पकड्ने संरचना नष्ट भएका छन् ।

उता, क्यालिफोर्निया तटीय क्षेत्रहरूका लागि सुनामीको चेतावनी दिइएको छ । पहिलो लहर आज दिउँसो १२ः३५ बजे पुग्ने सम्भावना छ । लहरहरू १० देखि ३६ घण्टासम्म जारी रहन सक्ने बताइएको छ ।

जापानमा सुनामी लहरहरू
जापानको पूर्वी तटमा १ फुट अग्लो सुनामी आएको पुष्टि भएको छ । भूकम्पपछिको केही घण्टामा लहरहरू पुगेको ल्ज्प् टेलिभिजनले जनाएको छ ।

यस महिनामात्र ५ भूकम्प
जुलाई महिनाभर कामचाट्का क्षेत्रमा ५ शक्तिशाली भूकम्प आइसकेका छन् । तीमध्ये सबैभन्दा ठूलो ७.४ तीव्रताको थियो । इतिहासमा सन् १९५२ नोभेम्बर ४ मा यहाँ ९ तीव्रताको भूकम्प आएको थियो ।

अमेरिकाका चार राज्यमा पनि अलर्ट
नेशनल सुनामी वार्निङ सेन्टर अलास्काले अलास्काका केही भाग र अमेरिकी पश्चिमी तट क्यालिफोर्निया ओरेगन, वासिङ्टन, हवाईमा निगरानी जारी गरेको छ ।

जापानका भूगर्भशास्त्री शिनिची सकाईका अनुसार उथला केन्द्र भएको भूकम्पले टाढाबाट पनि सुनामीको प्रभाव पार्न सक्छ ।

जापान प्यासिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वमै सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये पर्छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु