कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका एक नेपालीको हत्या भएकाे छ ।  गत मंगलबार राति ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका एक नेपालीको हत्या भएकाे छ ।  गत मंगलबार राति ..."/>
2026-09-19 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पोर्चुगलमा मारिए जिसी, हत्यारा फरार

कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका  एक व्यत्तिकाे हत्या भएकाे छ ।  गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसीको हत्या भएको हो ।

धादिङका अर्जुन सापकोटाले उनको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । हत्यारा अर्जुन फरार छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ । हत्याराको कुनै कागजपत्र छैन । जिसीको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ ।

मृतक जिसीको शव शान्ता मारिया अस्पतालमा राखिएको छ । पोष्टमास्टर्मपछि अस्पताल प्रशासनले मृतकको शव परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने बताएको छ ।

एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए । मंगलबार राति करिब ११.४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।

३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए । उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल निवर्तमान अध्यक्ष भीम केसीले बताए ।

उनको देब्रे आँखामा पनि चोट लागेर निलो भएको छ । उपचारपछि उहाँ आजै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताए । मृतकका श्रीमति र तीन वर्षीया एक छोरी पोर्चुगलमै रहेका छन् । अर्की छोरी नेपालमै रहेको बुझिएको छ । जिसीका तीन भाइ मध्ये मृतक हरिबहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन् ।

साविक माझफाँट गाविसका हरिबहादुर जिसी पांच बर्षअघि पोर्चुगल पुग्नुभएको थियो । कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्चुगल गएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै